24 C
Kathmandu
29.4 C
Birgunj

ट्रिनबागोले चौथो पटक जित्यो सीपीएल उपाधि

  • 17
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२६ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी(२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो ।

- Advertisement -
    

ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा चौथो पटक उपाधि जितेको हो ।

- Advertisement -
    

कप्तान काएरन पोलार्ड बलिङमा र ओपनर लेन्डल सिमोन्स ब्याटिङमा चम्किएपछि ट्रिनबागो आठौं संस्करणमा च्याम्पियन बन्यो ।

जुक्सले लिएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको हो । जसमा सिमोन्सले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ४९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै डारेन ब्राभोले अविजित ४८ रन बनाए । उनले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे । सुनिल नारिनले फाइनल नखेलेपनि अन्य खेलाडीले उनको अभाव हन दिएनन् ।

टिओन वेब्स्टर ५ र टिम साइफर्ट ४ रन बनाएर आउट हुँदा ट्रिनबागोले १९ रनमा २ विकेट गुमाएको थियो । तर त्यसपछि सिमोन्स र ब्राभोले तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यी दुईले अविजित १३८ रनको साझेदारी गरे । जुक्सका स्कट कुगेलिन र रोसटन चेसले १(१ विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट एमेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । जुक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर मार्क दयाले २९, नजिबुलल्ह जद्रानले २४ तथा रोस्टन चेसले २२ रन बनाए ।

जुकसलाई अलआउट गर्न ट्रिनबागोका कप्तान पोलार्डले ४ विकेट लिए । पोलार्डले ४ ओभरमा ३० रन खर्चिए । यस्तै अली खान र फवाद अहमदले २-२ विकेट लिए ।

ट्रिनबागोका ब्याटम्यान सिमोन्स फाइनल खेलको म्यान अफ दि म्याच भए । यस्तै ट्रिनबागोलई अपराजित बनाउँदै उपाधि जिताउन नेतृत्व गरेका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए ।

ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो । यसबाहेक जमैका तवालज र बार्बेडोस ट्राइडेन्ट्सले समान २ पटक उपाधि जितेका छन् ।

- Advertisement -

ताजा समाचार

सबैलाइ काेराेना परिक्षणकाे दायरा भित्र ल्याइनुपर्छ : डा. देउवा

बाँके, ११ असाेज । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले सबैलाइ काेराेना परिक्षणकाे दायरा भित्र ल्याइनुपर्ने बतएकी छिन् । डा. देउवाले लक्षण देखिएकालाई मात्रै कोरोना...

रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौँ । रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न रहेको...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

काठमाडौँ । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको...

गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

झापा । गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार...

यसरी समातियो ५ घण्टा लगाएर चितवनमा नरभक्षी बाघ

चितवन,११ असोज । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ...

थप समाचार

- Advertisement -