शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
27.1 C
Kathmandu
41 C
Birgunj

बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई दिएर बाहिरिए प्रधानमन्त्री ओली

सिफारिस

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा केहीबेर सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका ओलीले बैठकको सुरुमै आफ्ना कुरा राखेर बाहिरिएको स्रोतले बतायो । करिब २० मिनेट जति बसेका ओलीले बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै बाहिरिएका हुन् ।
असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजेदेखि बालुवाटारमा जारी छ ।
बैठकमा नेकपा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुने जनाइएको छ ।
प्रतिवेदनलाई दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेर प्रस्तावको रुप दिएका हुन् । प्रस्ताव पारित गरेपछि बैठक आजै टुङग्याउने सम्भावना रहेको स्रोतले बतायो ।
बैठकअघि आजै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

- Advertisement -

 

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार