शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा...

काठमाडौँ,०७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा...

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया...

काठमाडौँ,०७ वैशाख । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । शुक्रबार...

आनन्द साहको परिवारलाई मधेश...

जनकपुर,०७ वैशाख । हमास समुहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएको धनुषाका...

महानगरको निजी विद्यालयलाई निर्देशन,कानुन...

काठमाडौं,०७ वैशाख । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक...
29.1 C
Kathmandu
41 C
Birgunj

नेकपा बैठक : एक व्यक्ति एक पदको व्यवस्था नसमेटिएकोमा माधव नेपालको असन्तुष्टि

सिफारिस

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा १० जना नेताले धारणा राखिसकेका छन् । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा अहिलेसम्म पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालसहित घनश्याम भुसाल, मातृका यादव, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, लिलामाणी पोखरेल र देव गुरुङ लगायत १० नेताले धारणा राखेका हुन् । वरिष्ठ नेता नेपालले प्रस्तावमा एक व्यक्ति एक पदको व्यस्था नभएको प्रति चर्काे असन्तुष्टि जनाएको बैठकमा सहभागी एक सदस्यले बताए ।
बैठकमा दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी १५ बुँदे प्रस्तावमाथि धारण राख्ने क्रम जारी रहेको बताइएको छ । छलफल सकिएपछि प्रस्ताव आजै पारित गर्ने तयारी रहेको छ । बैठकमा केहिबेर बसेर आफ्ना संक्षिप्त कुरा राखेपछि प्रधानमन्त्री ओली भने बाहिरिएका थिए ।
अहिले बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष प्रचण्डले गरेका छन् । गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठेपछि साउन १३ गतेपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

- Advertisement -
नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार