शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

मेयरका छोराले कुटे प्रहरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

डडेलधुरा, २८ भदौ -कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरमा कार्यरत सई गोपाल बोहरा र एक जना प्रहरी हवल्दार कार्यालय भित्रै कुटिएका हुन् ।

- Advertisement -

तास खेलिरहेका केही व्यक्तिहरूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा ल्याइएपछि उनीहरूलाई छुटाउन गएको सो टोलीले ढुंगामुढा गर्दै प्रहरीलाई कुटपिट गरेको प्रहरीको आरोप छ ।

पुनर्वास नगरपालिका मेयर जीवनराम थापाका माइला छोरा देवेन्द्र थापा, भतिज स्वकीय सचिव टेक थापालगायतको टोलीले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा गर्नुका साथै कुटपिट गरेको प्रहरीले जनाएको हो ।

- Advertisement -

तर, प्रहरीले आफूहरूलाई कुटपिट गरेको बताए पनि उल्टै आफूलगायत त्यहाँ गएको टोलीलाई नियन्त्रणमा लिएर लठ्ठी र बुटले कुटपिट गरेको टेक थापाले बताए ।

उनले सई बोहराले आफूलगायत देवेन्द्र थापा र अन्यलाई निर्घात कुटपिट गरेको बताए । कुटपिटबाट घाइते उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक मुकेश सिंहले इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षकसहितका प्रहरीमाथि कुटपिट भएको घटनाको विषयमा छानबिन गर्न निर्देशन दिइएको बताए ।

तास खेलिरहेको अवस्थामा पुनर्वासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएर प्रहरीमाथि कुटपिट भएको भन्ने खबर आएको उनले बताए । सो घटनाको छानबिन गर्न निर्देशन दिइसकेको सिंहले जानकारी दिए ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार