30 C
Kathmandu
33.9 C
Birgunj

बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकता : प्रधानमन्त्री

  • 11
    Shares

सिफारिस

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

“भीडभाड नै गरेर भएपनि तिर कर, छैन कोरोनाको कुनै डर, सिडियो साबको निर्देशको भएन भर”

बीरगन्ज, ४ असोज - पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था तथा व्यापार व्यवसाय गर्न दिने...

पर्साको छिपहरमाईमा दुई जना मृत फेला

पोखरिया, ४ असोज- पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जना मृत फेला परेका छन् । सो गाउँपालिकाको वडा नं. ४ बन्जारीमा आज बिहान एक जनाको शव...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको पनि स्मरण गराए ।

- Advertisement -
    

‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पारेका छन् ।

- Advertisement -

‘बालबालिकाका लागि सुरम्य पारिवारिक(सामाजिक वातावरण निर्माण गर्न सङघीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन”, सन्देशमा भनिएको छ, ‘त्यसका लागि सबै तहका सरकार, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गर्दछु ।’

प्रधानमन्त्रीले सिर्जनाका आधारभूमि बालबालिकामा सकारात्मक, सबल र जीवनमुखी रङ भर्न अभिभावक, परिवार र समाजलाई आफ्नो नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रषेण गर्न आह्वान गरेका छन् ।

- Advertisement -

ताजा समाचार

राष्ट्रिय मानव अधिकार आयोग सातै प्रदेशका कारागारको अनुगमन गर्दै

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको अधिकार सम्बन्धमा अनुगमन सुरु गरेको छ । आयोगका सदस्य सुदिप पाठक नेतृत्वको असोज...

वामदेव गौतमको नियुक्ति खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दर्ता

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्च अदातमा रिट निवेदन दर्ता भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न मुख्यमन्त्री राउतको माग

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गर्दै पत्र पठाएका छन् । प्रदेश...

कार्तिक ७ गतेभित्र ‘क्लिन फिड’ लागु गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आगामी कात्र्तिक ७ गतेसम्म विदेशी च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) लागु गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार...

धनुषमा निषेधाज्ञा हटेको छैन, तर खुकुलो पारेको छ

जनकपुरधाम, असोज ५ गते जनकपुर : जिल्ला प्रशासन कार्यालय धनुषाले भदौं २८ गते असोज ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -