बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
23.1 C
Kathmandu
31.1 C
Birgunj

सिम्रौनगढका मेयरको मनोपोलीले नगरपालिका अस्तव्यस्त

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धिरेन्द्र तिवारी
कलैया, २९ भदौ – संघीयता लागु भईसकेपछि देशमा तीन तहको सरकार बनिसकेको छ । त्यसै अनुसार तीन तहको सरकार मध्ये एक हो स्थानिय सरकार । जसमा मेयरलाई विकास निर्माणदेखि अरु थुप्रै अधिकार दिइएको छ ।उपमेयरलाई न्यायिक अधिकारदेखि थुप्रै अधिकार प्रदान गरिएको छ । तर बाराको सिम्रौनगढ नगरपालिकाका मेयर विजय यादवले मनोपोली गरी पुरै नगरपालिकालाई अस्तव्यस्त बनाएका छन् । उपमेयर रिमा देवी कुशवाहासहित अरु कार्यपालिका सदस्यहरुले मेयर यादवले मनोपोली गरेको आरोप लगाएका छन् । बितेको आर्थिक वर्षमा २०७६ ०७७ मा विना स्विकृत योजनाहरु आफ्नो एकल निर्णयले सन्चालन गरी अनियमितता गरेको आरोप उनीहरुको छ ।

- Advertisement -

चालु आर्थिक वर्षको नगर परिषद अहिलेसम्म नभएको र हाल योजना तर्जुमा मात्र भएको छ । पटक पटक मौखिक जानकारी गराउँदा वा निवेदन दर्ता गराउँदा पनि अहिले सम्म नगरपरिषद भएको छैन । उच्च अदालतमा नगर सभा गराउन निवेदन दर्ता गराउँदा हतार हतारमा ३१ जना सदस्यहरुको हस्ताक्षर गरी गराई नगरपरिषद भएको भनेर झुटो विवरण पेश गरेपछि नगर परिषद गराउन दिएको याचिका खारेज भएको थियो ।

नगरपरिषदको म्यानुट बुकको अदालतबाट झिकाई हेर्दा ३१ जना सदस्यारु मध्ये रम्भा देवी, श्रीपति दुसाधिन, रमावति कुशवाहा, पन्ना देवी र कपिल देव साहको हस्ताक्षर ल्याप्चे किर्ते गरिएकोले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी समेत दिइएको छ । नगरपालिकाको खाता सन्चालन रोक्का राख्न कोष तथा लेखा नियन्त्रण कार्यालयमा निवेदन दिँदा गत भाद्र २५ गते समानिकरण निकासा स्वरुप तिन करोड अन्ठाउन हजार निकासा भईसकेको कोलेनिकाका निमित प्रशासकीय अधिक्रित पवन अधिकारिले जानकारि गराएका छन् । नगरपरिषदको प्रतिलिपि माग गर्दा नगरपालिकाको लेखापाल सोबेन्द्र चौधरिले आफुलाई दिएको तर अरु काममा व्यस्त भएपछि फेरि झोलामा लिदंै गएको पनि अधिकारीले बताए ।

- Advertisement -

जिल्ला प्रशासन कार्यालयमा आज पुरै कार्यपलिका सहितको डेलिगेशन जाँदा अदालतको मार्फत आउनु नत्र केही गर्न नसकिने र अदालतको निर्णय आएमा पाँच मिनेटमा खाता रोकिदिने भनेर प्रतिक्रिया दिएको सिम्रौनगढ नगर कार्यपालिका सदस्यहरुले प्रेस विज्ञप्ति मार्फत जनकारी गराएका छन् ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार