21 C
Kathmandu
33.9 C
Birgunj

दशै तिहारलाई लक्षित गरेर बीरगन्ज ड्राईपोर्टबाट भित्रियो एक लाख टन चिनी

  • 8
    Shares

सिफारिस

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

“भीडभाड नै गरेर भएपनि तिर कर, छैन कोरोनाको कुनै डर, सिडियो साबको निर्देशको भएन भर”

बीरगन्ज, ४ असोज - पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था तथा व्यापार व्यवसाय गर्न दिने...

पर्साको छिपहरमाईमा दुई जना मृत फेला

पोखरिया, ४ असोज- पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जना मृत फेला परेका छन् । सो गाउँपालिकाको वडा नं. ४ बन्जारीमा आज बिहान एक जनाको शव...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज २९ भदौ हिन्दुहरूकाे महान पर्व दशैं, तिहार,छठ चाडपर्बलाई लक्षीत गर्दै बीरगन्ज नाकाबाट एक लाख टन भन्दाबढि परिमाणमा चिनी भित्रिएको छ ।

- Advertisement -
    

बीरगन्जस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार नाकाहुदै चालु आर्थिक वर्ष २०७७/०७८ को साउन र भाद्र महिनामा ५१ करोड ३८ लाख ७५ हजार ४ सय मूल्य बराबरको करिब एक लाख टन भन्दा परिमाणमा चिनी भित्रिएको छ ।

- Advertisement -

सरकारले भारत तथा तेस्रो मुलुकबाट चिनी आयातमा लगाएको कोटा प्रणाली हटाएपछि सरकारी संस्थान तथा निजि कम्पनीहरुले धमाधम चिनी आयात गर्न थालेका छन् ।

लकडाउन र निषेधाज्ञाको पारवाह नगरी अगामी दशै तिहारलाई लक्षित गरेर व्यवसायीहरुले भारतको उत्तरप्रदेशबाट चिनी आयात गरेका हुन् । आयातित चिनिको ४० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मुल्य अभिबृद्धि कर बापत सुक्खा बन्दरगाह भन्सार कार्यालयले २९ करोड ८१ लाख ५२ हजार राजश्व संकलन गरेको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी जगदीश पुर्बेले जानकारी दिनुभयो ।

सरकारले भन्सार महसुलमा २० प्रतिशत सहुलियत दिएको साल्ट ट्रेडिङ कम्पनी र खाद्य संस्थानले आयात गर्न लागेको चिनी भारतमै रोकिएको बेला बिभिन्न ५ व्यापारीक प्रतिष्ठानहरुले धमाधम चिनी आयात गरेका छन् । सुख्खा बन्दरगाहबाट प्राप्त जानकारी अनुसार चिनी उत्पादन गर्ने बाराको रिलायन्स सुगर मिल्स प्रालिले समेत चिनीको आयात गरेको छ ।

त्यसैगरी जगदम्बा ट्रेडिङ बारा, शिवम ओभरसिज पर्सा, मिरा ट्रेडिङ झापा, ईभुलेशन इन्टरप्राइजेज प्रालि काठमाडौंले दुई महिना यता ५१ करोड ३८ लाख मुल्य भन्दाबढिको चिनी आयात गरेको सुख्खा बन्दरगाहका सुचना अधिकारी पुर्बेले बताउनुभयो ।

- Advertisement -

ताजा समाचार

भारतमा कोरोना संक्रमितको तिव्र वृद्धिबीच ताजमहल खुल्यो

आग्रा । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ। भारतमा कोभिड–१९ बाट संक्रमितको...

राष्ट्रिय मानव अधिकार आयोग सातै प्रदेशका कारागारको अनुगमन गर्दै

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको अधिकार सम्बन्धमा अनुगमन सुरु गरेको छ । आयोगका सदस्य सुदिप पाठक नेतृत्वको असोज...

वामदेव गौतमको नियुक्ति खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दर्ता

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्च अदातमा रिट निवेदन दर्ता भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न मुख्यमन्त्री राउतको माग

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गर्दै पत्र पठाएका छन् । प्रदेश...

कार्तिक ७ गतेभित्र ‘क्लिन फिड’ लागु गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आगामी कात्र्तिक ७ गतेसम्म विदेशी च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) लागु गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -