शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...
18.1 C
Kathmandu
23.8 C
Birgunj

उपचार अभावमा गयो संक्रमितको ज्यान, अस्पताल र चिकित्सकबारे किन बोल्दैन प्रशासन ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३० भदाै । पर्साको बीरगन्जमा कोरोना संक्रमित एक महिलाको हत्या भएको यहाँका स्थानियहरुको भनाई छ ।

- Advertisement -

छातीमा पानी जमेर स्वास्प्रश्वासमा समस्या भएपछि गत भदौ १२ गते बीरगन्जस्थित गण्डक अस्पतालमा भर्ना भएकी किरण देवि कर्णकाे भदाै २९ गते ज्यान गएकाे हाे ।

उनमा भदौ २२ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

- Advertisement -

छातीमा पानी जमेको समस्याका कारण उनलाई स्वासप्रश्वासमा समस्या भईरहेको थियो । गत भदौ १२ गतेबाट भदौ २२ गतेसम्म अस्पतालमा उपचाररत रहँदा चिकित्सकले उनलाई अक्सिजन बाहेक कुनै पनि चिकित्सकीय परामर्श तथा उपचार नदिएको बुझिएको छ ।

कोरोना पुष्टि नभएको अवस्थामा उनको स्वास्थ्य उपचार नगरिएका कारण तथा अक्सिजनको अभावमा नै उनको मृत्यु भएको भनाई छ ।

कोरोना संक्रमण पुष्टि नभएको अवस्थामा उनको छातीमा जमेको पानीको समस्याको समाधान त्यहाँ रहेका चिकित्सकले गर्न सक्थे । तर, समयमा उपचार नगर्दा किरण देविको अकालमै मृत्यु भएको बताएका छन् ।

किरण देवि उपचाररत गण्डक अस्पतालको आईसोलेसनमा उनी अक्सिजनका लागि तड्पिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । गण्डक अस्पतालमा बिरामीहरुको विजोग भएको खबर पाएपनि प्रशासनको मौनता र अस्पताल तथा चिकित्सकको लापरवाहीका कारण अन्ततः किरण देविको मृत्यु भएको विज्ञहरुको भनाई छ ।

“समयमा अक्सिजन पनि दिइएको भए किरण देविको ज्यान बचाउन सकिन्थ्यो”, एक चिकित्सक भन्छन्, “न समयमा अक्सिजन दिए, न उपचार नै गरे, लापरवाहीका कारण नै मृत्यु भएको हो उनको ।”

किरण देविका मृत्युको अघिल्लो साँझ नै उनको कोरोना रिपोर्ट नेगेटिभ आईसकेको थियो । बीरगन्जमा उपचारका नाममा लापरवाही भईरहेको खबर पटकपटक सार्वजनिक भईरहँदा पनि प्रशासनको मौनताका कारण यहाँ अकालमै बिरामीहरु ज्यान गुमाउन बाध्य भएका छन् ।

तारे होटेलमा बसेर सुखःशैलका बिच समय बिताईरहेका यहाँका चिकित्सकहरुको गैर जिम्मेवारीका कारण बीरगन्जमा उपचारका नाममा लापरवाहीले प्रश्रय पाईरहेको छ ।

स्थानियहरुका अनुसार बीरगन्जमा कोरोनाको उपचारमा संलग्न चिकित्सकहरु आपसी कुटपिट, मिडिया, राजनिती र सस्तो प्रचारबाजीमा व्यस्त भएका कारण बिरामीहरुको वास्ता नगरेका हुन् ।

आईसियुमा अक्सिजनका लागि बिरामीहरु छट्पटाईरहँदा पनि अक्सिजन जडान गर्न कोही पनि नआएका कारण उनको ज्यान गएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

कारवाही गर्न यथेष्ट प्रमाण हुँदाहुँदै पनि प्रशासनले कारवाही गर्न सकेको छैन ।

आईसोलेसनमा उपचाररत किरण देविको हत्या भएको हो की मृत्यु भन्ने प्रश्न यहाँका स्थानिय बुद्धिजिवीहरुले गरिरहेका छन् । स्थानियहरूका अनुसार किरण देवी कर्णको हत्यामा कोभिड नियन्त्रणमा ढोंग रचिरहेका नारायणी अस्पतालका मेसु, चिकित्सक, जिल्लाका प्रमुख, बीरगन्ज महानगरपालिकाको संलग्नता छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार