20 C
Kathmandu
24.9 C
Birgunj

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

  • 7
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

यस्तो छ शंकर ग्रुपको श्रृंखलाबद्ध ठगीधन्दा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं, १० असोज - ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन– ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो ।

- Advertisement -
    

नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन–५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन ।

- Advertisement -
    

पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायत नाममा त्यस्ता संस्था खोलिएका छन् । तिनमध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरुमा पनि शाखा खोलिएका छन् ।

“पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरु परिचालित छन् । तीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानलाई नियमन गर्न जरुरी छ” अन्तरपार्टी निर्देशन– ५ मा भनिएको छ । पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको हो ।

अन्तरपार्टी निर्देशन– ५ मा सचिवालयले प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भए पनि त्यसबाट पार्टीलाई नै नोक्सान पु¥याउने किसिमको गुटबन्दी गर्न नहुने बताए । उनले नेताका नाममा खोलिएका अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अङ्कुश लगाउनुपरेको स्पष्ट पारे ।

“नेताका नाममा खोलिएका प्रतिष्ठानले तिनै नेताको विचार र आदर्शलाई प्रचारप्रसार र तिनले पु¥याएको योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुपर्ने हो ”, उनले भने, “तर त्यसरी खोलिएका प्रतिष्ठानले नेताहको विचार र आदर्शलाई भुलेर पार्टीभित्र गुटबन्दी गर्न थालेकाले व्यवस्थित बनाउन अहिलेलाई रोक लगाइएको हो ।”

उनले प्रतिष्ठानले पार्टीको नीति बाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले नेताका नाममा स्थापना हुने प्रतिष्ठानलाई पार्टी मातहत ल्याएर सञ्चालन गर्नुपर्ने धारणा पनि राखे ।

तत्कालीन नेकपा (एमाले)ले पनि प्रतिष्ठानलाई व्यवस्थित बनाउनका लागि भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले तयार पारेको ‘प्रतिष्ठान सञ्चालन निर्देशिका’ प्रतिवेदन केन्द्रीय कमिटीमा बुझाउन नपाएको उनले गुनासो गरे । उनी आफूले त्यतिबेला प्रतिवेदन बुझाउन पाएको भए प्रतिष्ठानलाई व्यवस्थित गर्न सकिने बताउँछन् ।

उनका अनुसार उक्त निर्देशिकामा प्रतिष्ठान पार्टी मातहत सञ्चालन गर्नका लागि प्रतिष्ठान समन्वय कमिटी गठन गर्ने उल्लेख थियो । पूर्वएमाले र माओवादी पार्टीले निर्णय गरेर प्रतिष्ठान वा सङ्घसंस्था स्थापना गरेका छन् । कतिपय नेताले आफूखुशी दिवङ्गत नेताका नाममा प्रतिष्ठान, फाउण्डेशन र अध्ययन केन्द्र जस्ता स्थापना गर्ने गरेको पाइएको छ ।

अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीका नेताका नाममा प्रतिष्ठान वा कुनै सङ्घसंस्था स्थापना गर्नु आवश्यक रहे पनि त्यसका नाममा पार्टीभित्र गुटबन्दी गर्नु पार्टीकै हित विपरीत हुने बताए । उनी प्रतिष्ठानलाई पार्टीकै गतिविधि नगरी गैरराजनीतिक क्रियाकलाप गर्न छुट दिनुपर्ने सुझाव दिन्छन् । पार्टीभित्र विद्यमान प्रतिष्ठानले गुटबन्दी गरेकाले त्यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । रासस

- Advertisement -

ताजा समाचार

असहाय संरक्षण मञ्च द्वारा पुन १०१ विपन्नलाई खाद्यन्न सामाग्री वितरण

जनकपुरधाम, असोज १० गते । जनकपुरधाम :जनकपुरधाम असहाय संरक्षण मञ्च द्वारा शनिवार पुन सामाजिक दुरी कायम गरी विपन्न तथा गरिबलाई राहत वितरण गरेको छ । जनक...

मनसुन शुरु भएयता प्राकृतिक विपत्तिबाट गण्डकीमा १२६ जनाको मृत्यु

यो वर्ष मनसुन शुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ । नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...

मकवानपुरमा विभिन्न घटनामा शनिबार ७ जनाको मृत्यु

मकवानपुरमा विभिन्न घटनामा शनिबार सात जनाको मृत्यु भएको छ । आज हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

थप समाचार

- Advertisement -