धनुषामा दुई दजु भाइले विभिन्न प्रलोभन देखाएर १७ वर्षीया युवतीको पटक-पटक गरे बलात्कार

0
39

जनकपुरधाम, भदौ ३१

धनुषा:धनुषामा दुइजना दाजुभाइ मिलेर एक युवती पटक पटक बलात्कार गरेको खुलाशा खुलेको छ । धनुषाधाम नगरपालिकाका सरसा गाउँका भरतमान श्रेष्ठ र उनका दाइ राममान श्रेष्ठले विभिन्न प्रलोभन देखाएर स्थानीय १७ वर्षीया युवतीलाई बलात्कार गरेको ती युवतीको भनैई रहेको छ|

ती युवतीको घर श्रेष्ठ दाजुभाइको घरसँगै टाँसिएको रहेको छ। घरमा कोही नभएको बेलामा मौका छोपेर ललाई फकाई गरि बलात्कार गरेको भन्दै ती युवती उजुरीकालागि जिल्ला प्रहरी तथा ईलाका प्रहरी कार्यालय धाइरहेकी छन् ।
ती युवती को भनैई अनुसार पहिलो दिन श्रेष्ठ दाजुभाइले ऊनलाई एक हजार रुपैयाँ दिएर बलात्कार गरियो त्यसपछि कहिले लुगा किनिदिन्छु त कहिले सरिफा र अनार दिन्छु भनेर बलात्कार गर्यो। मेरो घरको पछाडि ट्वाइलेट छ, ट्वाइलेट गर्न जाँदा इशारा गरेर बोलाउने गरिन्थियो ।

यसरि कलिलो उमेरमा पटक पटक बलात्कृत भएकी उनी मानसिक रोगी भएकी बतएकी बताउँछिन् ।

सरसा गाउँमा समाजका अगुवाहरुलाई घटनाबारे ती युवतीका बुवाले बताएपछि सबैले एकपटक छलफल गर्न भने सोही अनुसार गएको भदौ १५ गते मा गाउँकै पिपल चौतारामा छलफल भयो। आरोपी राममान र भरतमानलाई पनि बोलाइयो। गाउँका करिब सयौं मानिस भेला भएका थिए|
सुरुमा राममान र भरतमानले आफुले केही नगरेको जिद्दी गरे पछि भरतमानले गल्ती भएको भन्दै माफी मागे। राममानले गल्ती स्वीकारेनन्। माफी माग्दैमा नछाड्ने भन्दै लक्ष्मीका बुवाले प्रहरीमा उजुरी गरेर कारबाही गराउने अडान लियका हुन्|

कारबाही हुनुपर्ने अडान नछाडेपछि उनीमाथि राजनीतिक दबाब आउन थाल्यो। केहीले गाउँमै न्याय दिलाइदिने वाचा गरे भने कतिले पैसा लिएर मिलापत्र गर्न भन्ने। तर उनका बुवा भदौ २२ गते मा जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर प्रहरी प्रमुखलाई सम्पूर्ण पीडा र गुनासोहरु सुनाए। उनी भदौ २३ गते मा भरतमान र राममानमाथि जवरजस्ती करणी सम्बन्धी जाहेरी लिएर पुगे। मुद्दा फाँटले उनको उजुरी राख्यो। तर दर्ता भएको छैन।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश प्रसाद भट्टराईले घटनाबारे थाहा पाएपछि अनुसन्धान गरिरहेको बताएका हुन् भने किशोरीको मेडिकल गराएर आवश्यक अनुसन्धानका लागि फाइल ईलाका प्रहरी कार्यालय धनुषाधाम पठाएको उनले भने।
“ति पीडित परिवारले कहिले के भन्छ। कहिले के। पीडित भनिएकी किशोरीको मानसिक अवस्था पनि ठीक छैन” उनले भने, ‘हामीले अनुसन्धान गर्दैछौं। निचोडमा पुगेर के गर्न सकिन्छ भन्‍ने निर्णय लिन्छौं र अर्को तिर महिला अधिकारकर्मी गुञ्जा रायले आरोप लगाउदै भनिन प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरिरहेको र पीडक परिवारको दबाबका कारण प्रहरीले मुद्दा दर्ता गर्न नचाहेको र मुद्दाको फाइल नै धनुषाधाम पठाएको बहाना गरिरहेको बताइन्।र साथै धनुषाधाम प्रहरीमा बुझ्दा जिल्लाले नै हेर्ने भन्दै पन्छिएको उनले बताइन्।

बलात्कार प्रयासमा त मुद्दा चल्छ अनी पटक पटक ललाइ फकाई बलात्कार गरेको खुलिसकेको छ |
उनी भन्छिन्, ‘त्यही कारण किशोरीको मानसिक अवस्थासमेत गुमेको घटनामा मुद्दा दर्ता गर्न किन आलटाल गर्नुपर्यो रु प्रहरीले निष्पक्ष रुपमा कारबाही अगाडी बढाउनुपर्छ।’