शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

महानगरको निजी विद्यालयलाई निर्देशन,कानुन...

काठमाडौं,०७ वैशाख । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक...

सांसद खानले लिइन् पद...

काठमाडौं,०७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद...

प्रहरीद्धारा भन्सार छलीका सामानसहित...

बीरगन्ज,०७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान...

पर्साका कुनै पनि स्थानीय...

बीरगन्ज,०७ वैशाख । नयाँ शैक्षिक सत्र २०८१ शुरु भएको एक साता बितिसक्दा पनि...
26.1 C
Kathmandu
38 C
Birgunj

खर्बपति बिल गेट्सका पिताको निधन

सिफारिस

काठमाडौं । अमेरिकी खर्बपति तथा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ।

- Advertisement -

विलियमको हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ। विल गेट्सको पारिवारिक स्रोतले सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनी अल्जाइमरको विरामी थिए। विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो।

- Advertisement -

पिताको निधनपछि बिल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताएका छन्। पिताकै प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको बिल गेट्सले बताए।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा पिता विलियमकोको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन्।

विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए। उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट सेवानिवृत्त भएका थिए। रासस/एएनआई

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार