20 C
Kathmandu
24.9 C
Birgunj

सौराहाका होटल बिहीबारदेखि खुल्ने

  • 3
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

यस्तो छ शंकर ग्रुपको श्रृंखलाबद्ध ठगीधन्दा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं, १० असोज - ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी...

चितवन । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन । गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए ।

- Advertisement -
    

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उनले जानकारी दिए ।

- Advertisement -
    

होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उनको भनाइ छ । दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् ।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने भन्ने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी दिए । बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उनको अनुमान छ । सबै होटलका कर्मचारी बिदामा छन् ।

रेष्टूरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुरेन्ट क्रमशः बिहीबारदेखि खुल्ने छन् । उनले भने, “सेवा शुरु गछौं, क्रमशः थप रेष्टुरेन्ट खुल्दै जान्छन् ।” निकुञ्जले हात्ती, डुङ्गा, जीप सफारी, जङ्गल सफारीलगायतका पर्यटकीय गतिविधि सबै रोकेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो । डुृङ्गाका लागि पहिलो पटकको बोलपत्रमा निवेदन नपरेको बताउँदै उहाँले पुनः बोलपत्र आह्वान गरिने जानकारी दिए ।

निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको उनको भनाइ छ । बरालले भने, “सबैतिर सहज हुँदै गर्दा निकुञ्जले पर्यटकीय गतिविधि रोक्दैन ।”

सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । रासस

- Advertisement -

ताजा समाचार

दिगो विकासका लक्ष्य बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुरधाम, असोज ११ गते । जनकपुर : ओरेक नेपालको आयोजना र कायापलटको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्न युवा तथा किसोरिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम...

कसले ल्यायो ३ अर्बको चिनी ?

चाडबाड नजिकिँदै गर्दा व्यापारीहरूले दुई महिनामै ३ अर्ब रुपैयाँभन्दा बढीको चिनी ल्याएका छन् । उद्योगीहरूले मौज्दात सकिन लागेको बताइरहँदा व्यवसायीले अस्वाभाविक रूपमा चिनी भित्र्याएका...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो...

सुदुरपश्चिमका सांसदहरुको मन्त्री बन्ने कसरत

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीपरिषद हेरफेरको अन्तिम गृहकार्य भइरहदा सुदुरपश्चिमका नेकपाका सांसदहरु पनि मन्त्री...

आज मौसममा सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १, प्रदेश...

थप समाचार

- Advertisement -