19 C
Kathmandu
24 C
Birgunj

सीमापारी अड्कियो प्याज

  • 6
    Shares

सिफारिस

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

सञ्चारकर्मी विवेकले सुरु गरे व्यवसाय !

काठमाण्डाै, ६ असाेज । सञ्चारकर्मी विवेक खतिवडाले काठमाण्डौमा व्यवसाय सुरु गरेका छन् । काठमाण्डौ स्थित चलचित्र विकास बोर्डको कार्यालय क्षेत्रमा उनले व्यवसायको थालनी गरेका...

पर्सामा निषेधाज्ञाको यो कस्तो मोडालिटी, के शैक्षिक संस्था र सिनेमा हल मात्रै हुन् कोरोनाका केन्द्र ?

बीरगन्ज, ६ असोज - पहिला/पहिला आन्दोलन र पर्सामा मधेश आन्दोलनको क्रममा सरकारले निषेधाज्ञा जारी गर्दा निषेधाज्ञा जारी भएको क्षेत्रमा कसैलाई पनि भेला हुन दिइदैंनथ्यो...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै नेपाल आउनुपर्ने प्याजका गाडी सीमापारी नै अड्किएका छन्।

- Advertisement -
    

व्यवसायीका अनुसार निर्यातमा रोक लगाउने भारत सरकारको निर्णयसँगै सीमापारी भारतको जोगवनी बजारमा प्याज लोड भएका १२ वटा ट्रक रोकिएका हुन्। ती ट्रक विराटनगर भन्सार हुँदै बुधबार नेपाल ल्याउने तयारी थियो। विराटनगरको गुद्री बजारस्थित प्याजका थोक विक्रेता पशुपति भगतले अचानक भारत सरकारले निर्णय गरिदिएपछि नेपाली व्यापारीले खरिद गरेर ल्याउन खोजेको तीन सय ६० मेट्रिकटन प्याज जोगवनीमै रोकिएको जानकारी दिए।

- Advertisement -

उनले आफ्नो मात्रै प्याज लोड भएका सातवटा ट्रक जोगवनीमा रोकिएको जानकारी दिए। ‘सरकारको निर्णयसँगै भारतीय प्रहरीले गाडी रोकेका छन्’, भगतले भने, ‘जसका कारण मेरोमात्रै दुई सय १० मेट्रिकटन प्याज रोकियो।’ भारतको इन्दौरबाट आयात हुँदै आए पनि एकाएक रोक लगाइएपछि आफ्नो एक करोड ८२ लाख बढी मूल्यको प्याज ल्याउन नसकिएको जानकारी उनले दिए।

नेपाली व्यवसायीको मात्रै तीन करोड १२ लाख रुपैयाँ बढीको प्याज जोगवनीमै रोकिएको उनको भनाइ छ। भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै हाल बढ्दो मूल्य नियन्त्रण गर्न भनेर अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको छ।

आयातकर्ताले भारतीय भूमिमा अलपत्र परेरका लोड गाडी नेपाल प्रवेश गराउन प्रशासनले पहल थाल्नुपर्ने माग गरेका छन्। ‘गाडी उतै रोकियो भने प्याज बिग्रिएर ठूलो लगानी डुब्छ’, भगतले भने, ‘जतिसक्दो चाँडो नेपाल भिœयाउन प्रशासनले पहल गर्नु पर्छ। कोरोना महामारीले व्यवसाय धारासायी बनिरहेका बेला झन् ठूलो तनाव थपिएको छ।’

प्रदेश १ मा दैनिक ५ मेट्रिकटन प्याज खपत हुने गरेको व्यवसायीले बताए। विराटनगर भन्सार कार्यालयका अनुसार दैनिक जोगवनी नाका हुँदै ४० मेट्रिकटन हाराहारीमा प्याज आयात हुने गरेको थियो। तर, बुधबार भने प्याजका गाडी आउन नसकेको विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले बताए। अन्नपूर्ण पोस्टमा किशोर बुढाथोकीले खबर लेखेका छन् ।

- Advertisement -

ताजा समाचार

बेलवाकाे दलित बस्तिमा रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बाँड्याे राहत

बीरगन्ज, ७ असोज । रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवास्थित दलित बस्तिमा राहत वितरण गरेको छ । लकडाउन र निषेधाज्ञाका...

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका...

अध्ययन भन्छ : ‘हरर मुभी’ हेर्ने कोरोना संकटमा कम विचलित

'हरर मुभी' हेर्ने व्यक्तिहरू कोरोना भाइरस संक्रमणको महामारीमा कम विचलित हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । मिडिया, सञ्चार र समाज र डेनमार्कको...

सरकारले भन्यो : चिनियाँ पक्षबाट नेपाली भूभाग मिचिएको छै‌न

नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरू निर्माण गरेको समाचार...

१२ लाख १६ हजार नक्कली नोटसहित बाराबाट दुई जना पक्राउ

बारा । १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित बाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली नोटसहित बाराको बारागढी गाउपालिका ५ सिघासनी बस्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -