19 C
Kathmandu
24.2 C
Birgunj

भात खान नपाएपछि’ गर्भवतीद्वारा आत्महत्या

  • 20
    Shares

सिफारिस

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

सञ्चारकर्मी विवेकले सुरु गरे व्यवसाय !

काठमाण्डाै, ६ असाेज । सञ्चारकर्मी विवेक खतिवडाले काठमाण्डौमा व्यवसाय सुरु गरेका छन् । काठमाण्डौ स्थित चलचित्र विकास बोर्डको कार्यालय क्षेत्रमा उनले व्यवसायको थालनी गरेका...

पर्सामा निषेधाज्ञाको यो कस्तो मोडालिटी, के शैक्षिक संस्था र सिनेमा हल मात्रै हुन् कोरोनाका केन्द्र ?

बीरगन्ज, ६ असोज - पहिला/पहिला आन्दोलन र पर्सामा मधेश आन्दोलनको क्रममा सरकारले निषेधाज्ञा जारी गर्दा निषेधाज्ञा जारी भएको क्षेत्रमा कसैलाई पनि भेला हुन दिइदैंनथ्यो...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बर्दिया – पेटमा ५ महिनाको गर्भ थियो । स्वाद फेरेर भात खान मन लागेको बताउने गरेकी थिइन् ।

- Advertisement -
    

सधैं रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ को साँझपख भात खाने इच्छा व्यक्त गरिन् । तर, भात पकाउने विषयमा सासू–बुहारीबीच एकमत बनेन ।

- Advertisement -

अन्ततः दुवैबीच मनमुटाव गहिरिँदै गएपछि गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको माइती पक्षको दाबी छ ।

गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक जुटाउने गरेका थिए । लकडाउनले लामो समय काम नपाएपछि घरमा पर्याप्त चामल थिएन ।

भदौ १६ को साँझपख नीलमले सासू लक्ष्मीसित भात पकाउने अनुमति मागिन् । तर चामल कम रहेको र परिवारका अन्य सदस्यले पनि रोटी खाने भनेपछि भात पकाउन अनुमति मिलेन ।

निलमका श्रीमान् ओमकारका अनुसार घरमा करिब १५ किलो चामल थियो । कहिलेकाहीं मात्रै भात खाने भन्दै उनीहरू दिनहुँ रोटीले गुजारा गरिरहेका थिए । आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात नपाकेको उनले बताए । ‘थोरै चामल लगेर पकाउँछु भनेकी थिइन्,’ उनले भने, ‘आमासँग अनुमति लिएकी हुन् ।’

त्यसपछि भात खानकै लागि नीलमले सापटीका रूपमा एक किलोजति चामल माइतीमा लगिन् । घरबाट ५० मिटरको दूरीमा छ उनको माइती घर । एक किलोभन्दा धेरै चामल लगेको भन्दै सासू र बुहारीबीच फेरि भनाभन भयो । त्यसपछि नीलमले लगत्तै आफ्ना बाबु रमेशसँग चामल मागेर सासूलाई फिर्ता गरिदिइन् । लक्ष्मीले भने बुहारीले चामल माइत लैजाने बेला आफू घरमा नरहेको र बुहारीसँग झगडा नभएको दाबी गरिन् ।

‘बुहारीले के कारणले आत्महत्या गरिन्, बुझ्न सकिनँ,’ उनले भनिन् । रोटी खाने भनिए पनि त्यस दिन नीलमले आँगनमा मकै भुटेर सबैलाई बाँडिन् र घरभित्र पसिन् । धेरै बेरसम्म उनी बाहिर नआएपछि कोठाभित्र गएर हेर्दा झुन्डिएको अवस्थामा देखेको ओमकारले बताए । नीलमले आत्महत्या गर्दा कोठाका झ्यालढोका खुलै थिए । झ्यालढोका नलगाएकाले पनि आत्महत्या गरेको मेसो नपाएको परिवारको भनाइ छ ।

गोडिया परिवारको सम्पत्तिका नाममा दुई कठ्ठा जमिन र एउटा घर छ । उनीहरू अरूको खेत अधियाँ गरेर जीविका चलाउँदै आएका छन् । कोरोना संक्रमणका कारण मजदुरीसमेत नपाउँदा घरखर्च टार्न निकै समस्या थियो । ‘श्रीमतीलाई गर्भवती अवस्थामा भात खाने इच्छासमेत पूरा गर्न नसक्दा यस्तो विपत्ति आयो,’ ओमकारले भने, ‘कोरोनाले गर्दा यो सबै भएको हो ।’

नीलमका माइती पनि मजदुरीमा निर्भर छन् । ६ दिदीबहिनीमध्ये नीलम काइँली हुन् । नीलमको माइतीमा पनि भात नपाकेको एक महिना भयो । त्यही कारण छोरीले भात खाने मनसायले आफ्नो घरबाट एक किलो चामल लिएर माइत आएकी नीलमका बाबु रमेशले बताए । परिवारको नमिठो कुरा सुनेरै छोरीले आत्महत्या गरेको उनको दाबी छ ।

स्थानीयसमेत रहेकी नगर कार्यपालिका सदस्य विष्णुकुमारी शर्माले पनि खानाका विषयमा झगडा भएकाले नीलमले आत्महत्या गरेको हुन सक्ने बताइन् । ‘गाउँका अधिकांश गरिब छन्,’ उनले भनिन्, ‘उनीहरूको आम्दानीको स्रोत मजदुरी हो ।’

वडाध्यक्ष राजकुमार यादवले भने भातकै विषयमा भनाभन भएपछि नीलमले आत्महत्या गरेकोबारे आफूलाई जानकारी नभएको बताए । ‘समस्या रहेको थाहा पाएको भए चामल, दाल दिएर पठाउँथें,’ उनले भने, ‘मेरो वडामा कसैलाई पनि भोकै मर्न दिन्नँ ।’ बर्दिया प्रहरीको मुद्दा फाँट प्रमुख प्रहरी निरीक्षक सुशील थापा मगरले भने घटना खानाकै वा अन्य कारणले भएकोबारे अनुसन्धान भइरहेको बताए ।

पोस्टमार्टम रिपोर्टबाट भने आत्महत्या गरेको पुष्टि भएको उनको भनाइ छ । ‘परिवार वा माइती पक्षबाट हालसम्म कुनै जाहेरी आएको छैन,’ उनले भने, ‘त्यसकारण पनि कसैको बयान लिन सकिएको छैन ।’ ५ वर्षअघि विवाह गरेका ओमकार र नीलमका दुई वर्षकी छोरी छन् । कान्तिपुर दैनिकमा कमल पन्थीले खबर लेखेका छन्।

- Advertisement -

ताजा समाचार

बेलवाकाे दलित बस्तिमा रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बाँड्याे राहत

बीरगन्ज, ७ असोज । रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवास्थित दलित बस्तिमा राहत वितरण गरेको छ । लकडाउन र निषेधाज्ञाका...

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका...

अध्ययन भन्छ : ‘हरर मुभी’ हेर्ने कोरोना संकटमा कम विचलित

'हरर मुभी' हेर्ने व्यक्तिहरू कोरोना भाइरस संक्रमणको महामारीमा कम विचलित हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । मिडिया, सञ्चार र समाज र डेनमार्कको...

सरकारले भन्यो : चिनियाँ पक्षबाट नेपाली भूभाग मिचिएको छै‌न

नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरू निर्माण गरेको समाचार...

१२ लाख १६ हजार नक्कली नोटसहित बाराबाट दुई जना पक्राउ

बारा । १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित बाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली नोटसहित बाराको बारागढी गाउपालिका ५ सिघासनी बस्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -