शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...

सुनको मूल्य तोलामा ७००...

काठमाडौं,०७ वैैशाख । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको...
26.1 C
Kathmandu
38 C
Birgunj

पाँच महिनापछि नारायणीमा आजबाट शुरु भयो ओपिडीसहितको जनरल सेवा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ असोज – बीरगन्जस्थित नारायणी अस्पतालमा झन्डै पाँच महिनापछि ओपिडीसहितको जनरल सेवा आजबाट शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आजबाट निषेधाज्ञा झन् खुकुलो पारेपछि अस्पतालले ओपिडी सेवा सुचारु गरेको नारायणी अस्पतालमा प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए । ओपिडीसहितको जनरल सेवा लामो समयसम्म बन्द गर्दा सेवाग्राही प्रभावित भएको कुरालाई मध्यनजर गर्दै आजबाट अस्पतालमा सम्पूर्ण सेवा शुरु भएको उनले जानकारी दिए । उनले ओपिडी अन्र्तगतका मेडिसिन, इनटी, अर्थो, गाइनो, दन्त, रेडियोलोजी, आँखा लगायत सबै विभागबाट सेवा सुचारु गरिएको बताए । हाललाई हरेक विभागमा अधिकतम २५ जनाको मात्र स्वास्थ्य जाँच गर्ने व्यवस्था अस्पतालले मिलाएको छ । अस्पतालमा प्रसुति, इमरजेन्सी लगायतका अन्य सेवा भने पहिलेदेखि नै सुचारु रहेको उनले बताए ।

- Advertisement -

डा. चौरसियाका अनुसार हप्ता दिन अघि देखि नै अस्पतालको ओपिडी सेवा शुरु गर्ने तयारी गरिएको केही कारणवश रोकिएको थियो । आजबाट शुरु भएको ओपिडी लगायतको जनरल सेवालाई थप सहज बनाउन एक हप्ता हेर्ने अनि निर्णय गरिने डा. चौरसियाको भनाई छ । उनले भने, “बुधबार मात्र फेरि पर्साका १७ जना संक्रमित थपिएका छन्, संक्रमितको ग्राफ एक हप्ता सम्म हेर्छौ, सुधारोन्मुख भएमा सेवा थप सहज बनाउदैं लैजाने छौं ।”

“अस्पतालमा स्वास्थ्य जाँच गराउन आउने बिरामीहरुलाई मध्यनजर गर्दै भिडभाड नहोस् भनेर हरेक विभागमा हाललाई मात्र दिनको २५ जनासम्मको चेकजाँच गर्छौ”, उनले भने, “बिरामी र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका लागि सोही अनुसारको व्यवस्था अस्पतालले गरेको छ ।”

- Advertisement -

डा. चौरसियाले जनताको अस्पतालको रुपमा नारायणी अस्पतालले आफ्ना सेवाहरु विविध कठिनाईका बाबजुद पनि आजबाट शुरु गरेको सुनाए । हाल पनि अस्पतालका एक दर्जन जति स्वास्थ्यकर्मी संक्रमित रहेको उनको बताए । त्यसकारण, अस्पतालले प्रदान गर्ने सेवा सहज, छिटोछरितो र सुरक्षित रहोस् भन्नका लागि सेवाग्राहीहरुलाई पनि सहयोग गर्न उनले अनुरोध गरे । उनले भने, “सेवग्राहीहरुले पनि सेवा लिन आउँदा हतार हतार गर्नु भएन, भिडभाड गर्नु भएन, सबै सहज हुदैं गएपछि हामीले पनि नारायणीबाट पूर्ववत रुपमा सेवा प्रदान गर्नेछौं । ”

मध्य तराईका जनताहरुको उपचारको केन्द्रको रुपमा स्थापित नारायणी अस्पतालमा ५ महिनादेखि जनरल सेवा ठप्प हुँदा सर्वसाधारण नराम्रोसँग प्रभावित भएका थिए ।

विशेषगरी बारा, पर्सा, रौतहट र छिमेकी मुलुक भारतबाट समेत ठुलो संख्यामा बिरामीहरु उपचारका लागि नारायणी अस्पताल आउने गरेकोमा कोरोना संक्रमणको कारण जारी लकडाउन र निषेधाज्ञा तथा नारायणी अस्पताललाई नै कोभिड अस्पताल बनाएपछि बन्द भएको ओपीडी तथा जनरल सेवा सन्चालनमा नआउदा सर्वसाधारण प्रभावित भएका थिउ ।

नारायाणीको ओपिडीसहितका सेवाहरु बन्द हुँदा जनतालाई थप मर्का परेको भन्दै केही नेता र अभियन्ताले सेवा सुचारु गर्न भन्दै केहीदिनदेखि घरबाटै अभियान समेत चलाईरहेका थिए ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार