19 C
Kathmandu
24.2 C
Birgunj

बीरगन्जमा जारी निषेधाज्ञा आगामी असोज १५ सम्म

  • 543
    Shares

सिफारिस

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

सञ्चारकर्मी विवेकले सुरु गरे व्यवसाय !

काठमाण्डाै, ६ असाेज । सञ्चारकर्मी विवेक खतिवडाले काठमाण्डौमा व्यवसाय सुरु गरेका छन् । काठमाण्डौ स्थित चलचित्र विकास बोर्डको कार्यालय क्षेत्रमा उनले व्यवसायको थालनी गरेका...

पर्सामा निषेधाज्ञाको यो कस्तो मोडालिटी, के शैक्षिक संस्था र सिनेमा हल मात्रै हुन् कोरोनाका केन्द्र ?

बीरगन्ज, ६ असोज - पहिला/पहिला आन्दोलन र पर्सामा मधेश आन्दोलनको क्रममा सरकारले निषेधाज्ञा जारी गर्दा निषेधाज्ञा जारी भएको क्षेत्रमा कसैलाई पनि भेला हुन दिइदैंनथ्यो...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ असोज – बीरगन्ज महानगरपालिकामा जारी निषेधाज्ञालाई आगामी असोज १५ गतेसम्मका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी असामान तामाङको अध्यक्षतामा आज बिहान बसेको बैठकले जारी निषेधाज्ञालाई आगामी असोज १५ गते राति १२ बजेसम्मका लागि थपेको छ । निषेधाज्ञा बढाइए पनि पहिले भन्दा थप खुकुलो भने बनाइएको छ ।

- Advertisement -
    

सार्वजनिक सेवा प्रवाह गर्ने सबै कार्यालय र संघसंस्थाबाट आवश्यक स्वास्थ्य सुरक्षा सर्तकर्ता अपनाउदैं दिइएको निर्देशन पालना गरी सेवा प्रवाह गर्न दिने निर्णय भएको छ । सेवा लिने र दिनेले कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने र अनिवार्य रुपमा मास्क प्रयोग गर्न बैठकले निर्देश गरेको छ ।

- Advertisement -

यस्तै, पचास प्रतिशत मात्र यात्रु राखी पचास प्रतिशत बढी भाडा लिएर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र सवारी साधन संचालन गर्न बैठकले निर्णय गरेको छ ।

यस्तै, बिहान ८ बजेसम्म मात्रै खुल्न भनिएका फलफुल पसल खोल्न अब समय तोकिएको छैन । तर छुट्याइएको निश्चित स्थान बाहेक अन्य स्थानमा गएर फलफूल विक्रि गर्नेलाई भने कारबाही गरिने प्रशासनको चेतावनी छ ।

योसँगै अब बिहानैदेखि दिनभर फलफुल पसल संचालन गर्न सकिने छ । यस्तै अन्य बजार तथा पसलहरु भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खोल्ने यसअघिकै निर्देशनलाई यथावत राखेको छ ।

कोभिड संक्रमण फैलन नदिन नो मास्क नो मुभ अभियानलाई कडाइका साथ लागु गर्न मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्नेलाई कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

- Advertisement -

ताजा समाचार

बेलवाकाे दलित बस्तिमा रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बाँड्याे राहत

बीरगन्ज, ७ असोज । रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवास्थित दलित बस्तिमा राहत वितरण गरेको छ । लकडाउन र निषेधाज्ञाका...

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका...

अध्ययन भन्छ : ‘हरर मुभी’ हेर्ने कोरोना संकटमा कम विचलित

'हरर मुभी' हेर्ने व्यक्तिहरू कोरोना भाइरस संक्रमणको महामारीमा कम विचलित हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । मिडिया, सञ्चार र समाज र डेनमार्कको...

सरकारले भन्यो : चिनियाँ पक्षबाट नेपाली भूभाग मिचिएको छै‌न

नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरू निर्माण गरेको समाचार...

१२ लाख १६ हजार नक्कली नोटसहित बाराबाट दुई जना पक्राउ

बारा । १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित बाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली नोटसहित बाराको बारागढी गाउपालिका ५ सिघासनी बस्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -