शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

बीरगन्जमा चार संक्रमितको मृत्यु

  • 500
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए । मृत्यु हुने सबै पुरुष हुन् ।

- Advertisement -

पर्साका मृत्यु हुने दुई जना बीरगन्ज महानगरपालिका वडा नं. ४ विर्ता र वडा नं. ६ रेशमकोठीका बासिन्दा हुन् ।

- Advertisement -Trulli

मृत्यु हुने विर्ताका ७८ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भई गत भदौ ३१ गते एनएमसी बाबा होटल अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा सोही दिन कोरोना संक्रमणको पुष्टि भई उपचाररत रहेकोमा हिजो ४ बजे मृत्यु भएको स्वास्थ्य निरिक्षक ठाकुरले बताए । वडा नं. ६ निवारी अर्का ८८ वर्षीय पुरुषको भने आज बिहान १ बजे मृत्यु भएको हो । दमका रोगी ती पुरुष बिरामी भई नारायणी अस्पतालमा गत असोज २ भर्ना भएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु पश्चात गरिएको कोरोना परिक्षणमा उनको रिपोट पोजेटिभ आएको थियो ।

कलैया उपमहानगरपालिका(१३ बलिरामपुर बस्ने ६५ वर्षीय पुरुष र रौतहटको गौरका ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, कलैयाका पुरुषको आज बिहान ५ बजे र रौतहटका पुरुषको साढे ७ बजे उपचारकै क्रममा मृत्यु भएको ठाकुरले बताए ।

कलैयाका व्यक्ति प्यारालाइसिसका बिरामी थिए । उनको मिर्गौलामा समेत समस्या देखिएपछि उपचारका लागि असोज १ गते बीरगन्ज ल्याइएको थियो ।

नेसनल मेडिकल कलेजमा उपचारको क्रममा सोही दिन पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । यसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

अर्का मृतक गौरका ६१ वर्षीय पुरुषमा उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या थियो । असोज १ गते नै अस्पतालमा भर्ना भएका उनको सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

- Advertisement -

ताजा समाचार

सितोरियो खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

जितपुर, १५ कात्तिक । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना...

कोरोना संक्रमित पुर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा...

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

विन्दावासिनीका विपन्न बालबालिकहरुलाई शैक्षिक सामाग्री सहयोग

बीरगन्ज, १५ कात्तिक । सोनार युवा अभियानका युवाहरुले यहाँका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १९...

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान...

थप समाचार

- Advertisement -