शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

सप्तरीमा कोरोना सङ्क्रमितको शव उठेन

  • 2
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन । रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो सङ्क्रमण रिपोर्ट पोजेटिभ आएको केही घण्टामा नै मृत्यु भएको थियो ।

- Advertisement -

सम्बन्धित स्थानीय तहले शव लैजान नसक्दा रातभरि शव आइसोलेशन केन्द्रमा नै रहेको कोभिड–१९ व्यवस्थापन संयोजकसमेत रहेका गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.रणजीतकुमार झाले बताए ।

- Advertisement -Trulli

शुक्रबार अस्पताल भर्ना भएकी महिलाको आइतबार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशन केन्द्र पु¥याएलगत्तै साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शव व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमा बसेका छन् । उनीहरुले व्यवस्थापन गर्न नसक्ने भए शव जिम्मा दिन माग गरेका छन् ।

कोभिड– १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि– २०७६ मा शवलाई चाँँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्याउनुपर्ने उल्लेख छ । कोरोना सङ्क्रमितको मृत्यु भएमा नेपाली सेनाले सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।

यसअघि मृत्यु भएका शवको व्यवस्थापन अन्य स्थानीय तहमा नगर्न दबाब दिँदै स्थानीय तहका प्रमुखले आआफ्नो स्थानीय तहमा गर्नुपर्ने भन्दै आवाज उठाएपछि शवको व्यवस्थापन आफ्नै पालिका क्षेत्रमा गरिँदै आएको छ ।

शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यकपर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङमा भएकाले शव व्यवस्थापन गर्न समस्या भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए । अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएकाले आज शव व्यवस्थापनको प्रयास भइरहेको अध्यक्ष यादवले जानकारी दिए । उनले मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिने बताए । सप्तरीमा योसँगै मृत्यु हुनेको सङ्ख्या दुई महिलासहित १० जना पुगेको छ । रासस

- Advertisement -

ताजा समाचार

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

विन्दावासिनीका विपन्न बालबालिकहरुलाई शैक्षिक सामाग्री सहयोग

बीरगन्ज, १५ कात्तिक । सोनार युवा अभियानका युवाहरुले यहाँका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १९...

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान...

नागरिकको जीवन र जीविका रक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो...

धानको समर्थन मूल्य कार्यान्वयन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि...

थप समाचार

- Advertisement -