शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
24.1 C
Kathmandu
35 C
Birgunj

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न मुख्यमन्त्री राउतको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गर्दै पत्र पठाएका छन् ।

- Advertisement -

प्रदेश नम्बर २ मा कोरोना महामारीको अवस्था भयावह रहेको देखाउँदै उनले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गरेका हुन् ।कोरोना महामारीको वर्तमान अवस्थामा प्रदेश नम्बर २ सबैभन्दा बढी प्रभावित रहेकाले भदौ २४ गते हुन लागेको अधिकारिक ट्रेड युनियनको निर्वाचन गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।

मुख्यमन्त्री राउतले थ्रेसहोल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थालाई ध्यानमा राखी हाललाई निर्वाचन स्थगन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई पत्रमार्फत अनुरोध गरेका छन् ।
केहीदिन अघि मधेशवादी दल निकट निजामती कर्मचारीको ट्रेड यूनियनले मुख्यमन्त्री राउतलाई एक पत्र लेख्दै निर्वाचन स्थगन गर्नका लागि दबाब दिएको थियो ।

- Advertisement -

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नवगठित नेकपा निकटको निजामती कर्मचारी संगठन समेत एकीकृत भएपछि मधेशवादी दल निकट कर्मचारी संगठनलाई निकै समस्या पर्ने भएपछि उनीहरुले मुख्यमन्त्री राउतलाई गुहारेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार