शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

सच्चा समाजसेवीले केही पनि लिँदैनः प्रधानमन्त्री ओली

  • 3
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।

- Advertisement -

“सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले के कति त्याग गर्यौँ, त्यो महत्वपूर्ण कुरा हो”, प्रधानमन्त्री ओलीले भने, “गैरसरकारी, सरकारी संस्थाले मात्र होइन, व्यक्तिले पनि बिल्कुल मानवीय भावनाले आफूले सक्दो सहयोग गर्नुपर्छ ।”

- Advertisement -Trulli

उनले समाजमा गरीबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको तथा कहिलेकाहीँ सरकारको ध्यान नपुगेको र सामर्थ्यले धान्न नसकेका अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्वपूर्ण भएको स्पष्ट पारे ।

प्रधानमन्त्रीले केही दिऊँ भन्ने र सहयोगात्मक भावनाको विकास गर्ने तथा त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन परिषद्ले गर्नुपर्नेमा जोड दिए । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरे भन्ने गुनासो बढेकाले पञ्चायतकालीन ऐनलाई विघटन गर्दै एकीकृत ऐन ल्याउने तयारी भएको जानकारी दिए ।

परिषद्का सदस्य डा.मणिराम बञ्जाडेले कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि गैरसरकारी संस्थाले रु दुई अर्ब सहयोग गरेको बताए । यस वर्ष ‘आजको प्राथमिकताः समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ समाजसेवा दिवस मनाइएको छ । रासस

- Advertisement -

ताजा समाचार

बीरगन्ज ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

बीरगन्ज, १५ कात्तिक । बीरगन्ज आईसिपी नजिकै दुर्घटना भएको छ । आईसिपीबाट छुटेको आर ०१ जि जि ३१३५ नम्बरको भारतीय मालबाहक ट्रकले आईसिपीको गेटमा...

पर्सामा थुनुवा माथि प्रहरीको यातना

बीरगन्ज, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्सामा एक थुनुवालाई प्रहरीले चरम यातना दिएको आरोप लगाइएको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं २७...

सितोरियो खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

जितपुर, १५ कात्तिक । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना...

कोरोना संक्रमित पुर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा...

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

थप समाचार

- Advertisement -