शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

रिएजेन्टको अभावले रोकियो पिसिआर परिक्षण, बीरगन्ज महानगरपालिकाले पठाएको किट काम लागेन !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ६ असाेज । बीरगन्ज महानगरपालिकाले पिसिआर परिक्षणका लागि दिएकाे ५ सय किट काम लाग्ने खालकाे नभएकाे खबर छ । महानगरपालिकाले दिएकाे ५ सय थान किट काम लाग्ने अवस्थामा नभएकाे नारायणी अस्पताल प्रयाेगशालाले जनाएकाे छ ।

- Advertisement -

बीरगन्जमा किट अभावका कारण पिसिआर परिक्षण हुन सकेकाे छैन । नारायणी अस्पतालस्थित पिसिआर प्रयोगशालामा रिएजेन्ट किट सकिएकोले पिसिआर परीक्षण रोकिएको हो ।

नारायणी अस्पतालस्थित प्रयोगशालाका अनुसार अस्पतालले खरिद गरेको रिएजेन्ट किट सकिएको छ । बीरगन्ज महानगरपालिकाले पठाएको किट काम नलाग्ने भएपछि पिसिआर परीक्षण कार्य नै अवरुद्ध हुन पुगेको छ ।

- Advertisement -

नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले रिएजेन्ट सकिएकोले पीसीआर परीक्षण बन्द भएको जानकारी दिए । रिएजेन्ट नआउँदा सम्म परिक्षण सुचारू गर्न नसकिने उनकाे भनाइ छ ।

पिसिआर परीक्षण नहुने भएपछि नारायणी अस्पतालले पर्सा, बारा, रौतहटका स्वास्थ्य कार्यालय, बीरगन्ज महानगरपालिकालाई स्वाब नमुना संकलन नगर्नु नगराउनु भनी पत्राचार गरिएको छ ।

अर्को निर्णय एवं व्यवस्था नहुँदासम्म पालिकाहरुमा नमुना संकलन र परीक्षण समेत नगरिने पत्रमा उल्लेख छ ।

विगतमा मन्त्रालयले नै रिएजेन्ट किट लगायत आवश्यक केमिकल खरिद गरेर पठाउने गरेको थियो । पछिल्ला दिनमा ल्याबमा आवश्यक केमिकलको बन्दोबस्ती स्वयं अस्पताललाई गर्न भनिएको छ । तर अस्पतालले आवश्यक मात्रामा बन्दोबस्त गर्न नसकेको अवस्था छ ।

अस्पतालमा स्वाब नमुना परीक्षणका लागि चाप बढेकोले पनि किटहरु खरिद गरेर धान्न नसक्ने अवस्थामा पुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जय ठाकुर बताउँछन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार