शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

  • 2.1K
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि यातायात बन्द हुँदा घर फर्किन नसकेका भारतमा रहेको नेपाली कामदारहरु फर्किन थालेसँगै जोखिम बढेको हो ।

- Advertisement -

भारतमा कोरोनाभाइरस संक्रमण निरन्तर उकालो लागि रहेका बेला भारतमा काम गर्ने नेपाली कामदारहरु फर्किन थालेका हुन् । सरकारले हाललाई सीमा बन्द राखेपनि विभिन्न चोरबाटो हुँदै नेपाल प्रवेश गर्ने र सवारी चढेर घर फर्किने परिपाटि सीमावर्तीय सहरहरुमा मौलाएको छ । स्थानिय प्रशासन मुख्य सीमामा केन्द्रित भईरहँदा चोरबाटो प्रयोग गरि नेपाल फर्किनेहरुको संख्यामा वृद्धि भएको छ ।

- Advertisement -Trulli

पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बनेको बीरगन्जमा संक्रमणको दर हाल न्युन भएपनि भारतबाट अवैध नेपाल प्रवेशका कारण यहाँ पुनः संक्रमणको दर बढ्ने सक्ने जोखिम रहेको स्थानिय सरोकारवालाहरुको भनाई छ । सीमामा खटिएका प्रहरीसँगको सेटिंग, सिमाका बासिन्दाहरुसँगको साँठगाँठले अवैध नेपाल प्रवेशलाई प्रशय दिएको छ ।

लामो दुरीका यातायात सञ्चालन भएदेखि बीरगन्ज बसपार्कबाट देशका विभिन्न सहर पुग्ने यात्रुहरुको लाम लागेको छ । जसमध्ये अधिकांश भारतबाट अवैध रुपमा नेपाल प्रवेश गरेका कामदारहरु छन् । बसमा लर्को लागेर यात्रा गर्ने अवैध नेपाल प्रवेश गरेकाहरुका कारण कोरोना संक्रमण बढ्दैन भन्न सकिँदैन ।

बीरगन्जस्थित बसपार्कमा काम गर्न देशका विभिन्न शहरमा जानेको भीड बिहानदेखि बेलुकासम्म  देखिन थालेकाे छ ।  सवारीसाधान सन्चालन गर्दा ५० प्रतिशत मात्र यात्रु चढाउनु पर्ने निर्देशन छ । एक पंक्तिको सीटमा एक यात्रु, सीट बाहेक यात्रु राख्न नपाइने, सबै यात्रुले मास्क लगाउनु पर्ने, ढोकामा स्यानिटाइनजको व्यवस्था हुनुपर्ने, चालक सहचालक मास्क, भाइजर र ग्लोब्स लगाउनुपर्ने, सवारीलाई दैनिक विसंक्रमित गराइनुपर्ने भन्ने प्रशासनको निर्देशन छ । तर, निर्देशनलाइ पाखा लगाउँदै खचाखच यात्रु ओसार्नेहरुको कमी छैन ।

प्रशासनले सीमानाकामा कडाइ गरेकाे बताएपनि अवैध प्रवेश राेकिएकाे छैन । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार सीमानाकाबाट मानिस आवतजावत रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । तर, अनाैपचारिक बाटाेहरूकाे प्रयाेग गर्दै मानिस भित्रि रहेकाे पाइएकाे उनले बताए ।

साउनकाे पहिलाे साता पनि सरकारले लकडाउन फुकुवा गरेसँगै सुरू भएकाे चहलपहलले संक्रमण बढाएकाे थियाे । लकडाउनको अन्त्यसँगै पर्सामा सञ्चालनमा आएका उद्योगधन्दामा भारतबाट अवैध रुपमा आएका मजदुरहरुले कोरोना संक्रमण फैलाएका थिए । नतिजा स्वरूप, प्रशासनले पुनः निषेधाज्ञा लगाएकाे थियाे ।

असोज १ गतेबाट परिवर्तन भएको निषेधाज्ञाको मोडालिटीका कारण पुनः संक्रमण बढ्दैन भन्न सकिन्न ।

- Advertisement -

1 COMMENT

  1. सिमा नाका हरु बन्द गरेर करोना संक्रमण नियन्त्रण हुन्छ भन्नु माहा बेबकुफी हो करोना संक्रमण र मृत्यु दर भारत मा भन्दा झण्डै ३ गुणा बढी ले बढोत्तरी भैरहेको छ। पहिला जनसंख्या को आधारमा क्याल्कुलेसन गर्नु पत्रकार ज्यु जति जना भित्रिएका छन् त्यस को दोब्बर भारत प्रवेश गरिरहेका छन्। केहि रोक्किनु को समस्या आधार कार्ड नहुने हरु हुन् । बोर्डर पुरा खोलिदिएको खण्डमा कमसे कम दिन को ५९ हजार नेपाली नागरिक भारत जाने छन्।

Comments are closed.

ताजा समाचार

बीरगन्ज ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

बीरगन्ज, १५ कात्तिक । बीरगन्ज आईसिपी नजिकै दुर्घटना भएको छ । आईसिपीबाट छुटेको आर ०१ जि जि ३१३५ नम्बरको भारतीय मालबाहक ट्रकले आईसिपीको गेटमा...

पर्सामा थुनुवा माथि प्रहरीको यातना

बीरगन्ज, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्सामा एक थुनुवालाई प्रहरीले चरम यातना दिएको आरोप लगाइएको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं २७...

सितोरियो खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

जितपुर, १५ कात्तिक । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना...

कोरोना संक्रमित पुर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा...

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

थप समाचार

- Advertisement -