शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

अध्ययन भन्छ : ‘हरर मुभी’ हेर्ने कोरोना संकटमा कम विचलित

  • 7
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

‘हरर मुभी’ हेर्ने व्यक्तिहरू कोरोना भाइरस संक्रमणको महामारीमा कम विचलित हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । मिडिया, सञ्चार र समाज र डेनमार्कको आर्कस विश्वविद्यालयअन्तर्गतकाे स्कुल अफ कम्युनिकेसन एण्ड कल्चरका लागि अनुसन्धान कार्यक्रमले उक्त अध्ययन गरेकाे हाे ।

- Advertisement -

यो अनुसन्धान सानो संख्यामा गरिए पनि यसले अर्थपूर्ण तथ्यहरू बाहिर ल्याएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । यूकेबाट प्रकाशिन हुने इन्डिपेन्डेन्ट डट यूकेको अनलाइन संस्करणले यस अनुसन्धानका विषयमा समाचार प्रकाशित गरेको छ ।

- Advertisement -Trulli

‘अधिकांश व्यक्तिहरू केही सिक्नुको सट्टा मनोरञ्जन लिने उद्देश्यले हरर फिल्म हेर्छन्, तर पनि हरर फिल्मका कथाले पर्याप्त शिक्षण अवसर प्रदान गर्दछ,’ उक्त रिपोर्टमा भनिएको छ ।

‘फिक्सन’ले दर्शकलाई थोरै मात्रामा विश्वको कल्पनामा डुबाउँछ । तर, हरर फिल्मले काल्पनिक माध्यमबाट व्यक्तिहरू खतरनाक शिकारीहरूबाट बच्न, सामाजिक परिस्थितिको नकारात्मक अवस्था र नकारात्मक पात्रको दिमाग पढ्न र भावनात्मक सीपको अभ्यास गर्न सिकाउँछ ।’

अध्ययनमा ३ सय १० सहभागीलाई सम्मिलित गरिएकाे थियो । सहभागी सबै उत्तरदाताले कोरोना महामारीका केही महिनामा कम मानसिक समस्या भोगेको भन्ने उत्तर दिएका थिए ।

‘हरर चलचित्रले मनोवैज्ञानिक रूपमा विचलित हुनबाट पहिलै नै मानिसहरूलाई अभ्यस्त बनाइसकेको हुन्छ । यसले नकारात्मक भावनालाई नियन्त्रण गर्न सक्ने मानसिक क्षमता वृद्धि गराएको हुन्छ,’ अध्ययन भन्छ ।

‘नकारात्मक भावनालाई सुरक्षित तरिकाले नियन्त्रण गर्ने अनुभव हरर चलचित्र हेर्दाका बखत व्यक्तिहरूले सँगालेका हुन्छन् । डरसँग कसरी व्यवस्थापन गर्ने, कस्ता रणनीति बनाउने र वास्तविक जीवनमा डरलाग्दो परिस्थितिमा शान्तपूर्वक बस्ने तरिकाहरू पनि सिकिसकेका हुन्छन्,’ रिपाेर्टमा भनिएकाे छ ।

यद्यपि, प्रतिरोधी क्षमता बढाउन भनेर हरर फिल्म नहेरेका व्यक्तिहरूलाई खोजीखोजी नहेर्न पनि अनुसन्धानकर्ताहरूले सुझाएका छन् ।

‘यदि कसैले डरलाग्दा चलचित्रहरूलाई घृणा गर्छन् भने उनीहरूलाई यस्ता चलचित्रले अझ खराब स्थितिमा पुर्‍याउँछ,’ अनुसन्धानकर्ताहरूले खुलाएका छन्, ‘यदि, भावनात्मक व्यवस्थापन गर्ने सीपमा सुधार भइरहेको छ र महामारीको सामना गर्न मद्दत गर्दछ भने तपाईंले हरर चलचित्र हेर्दा पनि उत्तम हुन सक्छ ।’

- Advertisement -

ताजा समाचार

विन्दावासिनीका विपन्न बालबालिकहरुलाई शैक्षिक सामाग्री सहयोग

बीरगन्ज, १५ कात्तिक । सोनार युवा अभियानका युवाहरुले यहाँका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १९...

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान...

नागरिकको जीवन र जीविका रक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो...

धानको समर्थन मूल्य कार्यान्वयन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि...

कपिलवस्तुमा युरिया मल अभाव

कपिलवस्तु । मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन्...

थप समाचार

- Advertisement -