मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा...

काठमाडौं,४ बैशाख अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा...

गड्डाचौकी नाका आजदेखि तीन...

महेन्द्रनगर,४ बैशाख - कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने...

डीआईजी जोशी र ढकाल...

काठमाडौं,४ बैशाख नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक ९डीआइजी० प्रहरी अतिरिक्त महानिरीक्षक...

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...
21.1 C
Kathmandu
33.8 C
Birgunj

विश्वमा कोरोना भाइरस बाट संक्रमित हुनेकाे संख्या ३ करोड नाघ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं, ८ असाेज । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ३ कडाेड नाघेकाे छ ।

- Advertisement -

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३ कराेड ८३ हजार ५ सय ९५ पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ९ लाख ८१  हजार २ सय ४४ पुगेकाे छ ।

मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये २ कराेड ३६ लाख ६७ हजार ४ सय २५ जना भने उपचारपछि घर फर्किएका छन् ।

- Advertisement -

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख १३ हजार ५ सय २४ नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २ सय ८९ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा २ लाख ७८ हजार उपचारपछि घर फर्किएका छन् ।

कुन देशकाे अवस्था कस्ताे ?

अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा २ लाख ६ हजार ५८५ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ७१ लाख ३९ हजार ३ सय ७२ पुगेकाे छ ।

संक्रमितमध्ये ४३ लाख ९७ हजार ८५३ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २५ लाख ३४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १४ हजार ८६ जनाकाे अवस्था गम्भीर रहेको छ ।

भारत

छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

अहिलेसम्म भारतमा ५७ लाख ३० हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ९१ हजार १७३ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ४६ लाख ७१ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९ लाख ६७ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ । अहिले त्यहाँ  ८ हजार ९४४ जनाकाे अवस्था गम्भीर रहेका छ ।

ब्राजिल

अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ४६ लाख २७ हजार ७ सय ८० पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख ३९ हजार ६५ पुगेकाे छ ।

संक्रमितमध्ये ३९ लाख ९२ हजार ८८६ जना पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख ९५ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

रूस

रूस पनि काेराेनाभाइरसको हटस्पट बनेकाे छ । अहिलेसम्म त्यहाँ ११ लाख २२ हजार २१४ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १९ हजार ७९९ पुगेकाे छ ।

संक्रमितमध्ये ९ लाख २३  हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ७८ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अरू कुन देशमा कति हेर्नुहाेस्

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार