शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

हप्तामा २ दिन सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश हुँदै

  • 11
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ ।

- Advertisement -

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

- Advertisement -Trulli

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ । समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्न लागिएको हो ।

त्यस्तै बैठकले पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) मा पेश गर्ने निर्णय गरेको छ । बैठकले बङ्गलादेश, इन्डोनेशिया, रसिया, कोरिया र फिनल्याण्डसँग भएको हवाई सम्झौता असोजभित्र तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयसमेत गरेको छ ।

पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभाकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्तरूपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णय गरेको छ । बैठकले हप्ता दिनभित्र हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण, अनुगमन, मूल्याङ्कन, निरीक्षण गर्नसमेत सम्बन्धित महाशाखा प्रमुखलाई निर्देशन दिए । रासस

- Advertisement -

ताजा समाचार

बीरगन्ज ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

बीरगन्ज, १५ कात्तिक । बीरगन्ज आईसिपी नजिकै दुर्घटना भएको छ । आईसिपीबाट छुटेको आर ०१ जि जि ३१३५ नम्बरको भारतीय मालबाहक ट्रकले आईसिपीको गेटमा...

पर्सामा थुनुवा माथि प्रहरीको यातना

बीरगन्ज, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्सामा एक थुनुवालाई प्रहरीले चरम यातना दिएको आरोप लगाइएको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं २७...

सितोरियो खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

जितपुर, १५ कात्तिक । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना...

कोरोना संक्रमित पुर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा...

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

थप समाचार

- Advertisement -