बुधबार, बैशाख ५, २०८१
Wed, April 17, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
17.1 C
Kathmandu
24.9 C
Birgunj

बाराको परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चौरसिया

सिफारिस

बारा,८ असोज  – बाराको परवानीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिल प्रसाद चौरसियाले बिहीबारदेखि कार्यभार सम्हालेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्दै चौरसियाले गाउँपालिकाको सेवा प्रवाहमा जनप्रतिनिहरुसँग हातेमालो गरी कानुन सम्बत ढङ्गले काम गर्ने प्रतिद्धता व्यक्त गरे ।

- Advertisement -

चौरसियाले नेपालको संविधान तथा नेपाल सरकारको नीति निर्देशन अनुसार अगाडी वढ्ने तथा कुशल प्रशासकको रुपमा काम गर्ने बताए । विगत लामो समयदेखि निमित्त प्रमुखको भरमा संचालन भइरहेको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा चौरसियाले कार्य सम्हालेसँगै जनप्रतिनिधिहरुले विकास निर्माण तथा जनतालाई प्रदान गर्ने सेवा प्रवाह अझ सहज ढङ्गले अगाडी बढने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई गाउँपालिका अध्यक्ष हरिनारायण साहले एक कार्यक्रमको आयोजना गरी फुल माला र अवीर लगाएर कार्यालयमा स्वागत गरेका थिए । कार्यक्रममा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

- Advertisement -
मनोज पटेल

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार