शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

यूईएफए सुपर कपको उपाधि जर्मन क्लब बायर्न म्युनिखलाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । यूईएफए सुपर कपको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । बिहिबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि उचालेको हो ।

- Advertisement -

करिब २० हजार दर्शक उपस्थित रहेको खेलमा बायर्नले उपाधि उचालेको हो । कोरोना महामारीपछि पहिलो पटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमती दिईएको थियो । खेलमा अग्रता सेभियाले १३ औं मिनेटमा लुकास ओकम्पोसको पेनाल्टी गोलमा लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाँएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।

बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि विजयी गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मार्टिनेजले बायर्नका लागि विजयी गोल गरेका हुन् ।

- Advertisement -

बायर्नले गत महिनामात्र च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । जर्मन क्लबले आफ्नो जितको यात्रालाई २३ खेलसम्म पुर्याएको छ ।सेभियाले भने गत सिजन युरोपा लिगको उपाधि उचालेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार