शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
27.1 C
Kathmandu
41 C
Birgunj

कोरोना अपडेट : विश्वभर ३ करोड ३० लाख बढीमा संक्रमण पुष्टि, मृतकको संख्या कति ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ३ करोड ३० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

- Advertisement -

विश्वभरका संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप २ लाख ९३ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ५ हजार २ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७२ लाख ८७ हजारभन्दा बढी पुगेको छ भने २ लाखभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

- Advertisement -

यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार भन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५९ लाख ९० हजार ५ सय १३ पुगेको छ । भारतमा हालसम्म ९४ हजार ५ सय ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ भने पछिल्लो २४ घण्टामा २५ हजारभन्दा बढी थपिएका छन् । यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार पुगेको छ ।
यस्तै धेरै संक्रमित भएको सूचीको चौथो स्थानमा रहेको राष्ट्र रसियामा कोरोना संक्रमितको संख्या ११ लाख ४३ हजार ५ सय ७१ पुगेको छ । रसियामा २० हजार २ सय २५ जना संक्रमितले ज्यान गुमाएका छन् भने ९ लाख ४० हजार संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै संक्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार