शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

  • 1
    Share

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित निकालेको हो ।

- Advertisement -

ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले जित निकालेको हो । खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । युनाइटेडका निमान्जा माटिचले पेनाल्टी बक्समा आरोनलाई फउल गरेपछि ब्राइटनले पेनाल्टी पाएको थियो ।

- Advertisement -Trulli

तर, ४३ औं मिनेटमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरेपछि पहिलो हाफको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको ५५ औं मिनेटमा मार्कस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । त्यसअघि ५३ औं मिनेटमा राष्फोर्डले गरेको गोलले भने मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए ।

त्यसपछि थप गरिएको इन्जुरी समयको खेल रोमान्चक बन्यो । इन्जुरी समयको पाँचौ मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटन २-२ को बराबरीमा ल्याए । तर, इन्जुरी समयको ११ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाए ।

ब्राइटनका माउपेले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि भीएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा ब्रुनो सफल भए ।जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । युनाइटेड तालिकाको १३ औं स्थानमा रहेको छ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

ब्राइटनको यो दोस्रो हार हो । ३ खेल खेलेको ब्राइटनको ३ अंक रहेको छ । ब्राइटन तालिकाको दशौँ स्थानमा रहेको छ ।

- Advertisement -

ताजा समाचार

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान...

नागरिकको जीवन र जीविका रक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो...

धानको समर्थन मूल्य कार्यान्वयन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि...

कपिलवस्तुमा युरिया मल अभाव

कपिलवस्तु । मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन्...

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।...

थप समाचार

- Advertisement -