जनकपुरधाम, असोज ११ गते ।
जनकपुर : ओरेक नेपालको आयोजना र कायापलटको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्न युवा तथा किसोरिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा दिगो विकासको लक्ष्य र त्यसलाई हासिल गर्न स्थानीय तहमा कसरि काम गर्नु पर्छ भन्ने बारे अभिमुखीकरण गरिएको बारे कायापलट का अध्यक्ष दिवाकर उप्रेतीले बताएका छन् । उनले भने ” यिनै युवा तथा किसोरिहरुलाई अभिमुखीकरण गरेर समाज मा क्रिटिकल सोचका युवा तयार गर्न सकिन्छ भने यिनैले समाजलाई रुपान्तरण गर्ने समेत जोड्नु भएको थियो ।
कार्यक्रममा बोल्दै ओरेक नेपालकि धनुषा जिल्ला इन्चार्ज रोजनिल सिंह बच्छारले युवा तथा किसोरिहरुलाई प्रजनन स्वास्थ्य, शिक्षा, समानताको बिषय समेत दिगो विकासको लक्ष्यमा रहेको र यसको अगुवा यिनै युवाले गर्नु पर्ने मा जोड दिएकि थिइन् । उनले यस्ता कार्यक्रमले आम युवाहरुले समुह बानउने र उक्त समुहलाई शसक्तिकरण गर्दै जाने समेत जानकारी गराए ।
कार्यक्रममा समाजसेवि सुभद्रा आलेको उपस्थिति रहेको थियो भने उनले यस्तो कार्यक्रम मासिक रुपले हरेक वाड वाडमा हुनु पर्नेमा जोड दिनुभएको थियो । साथै किसोर किसोरिलाई आगामि दिनमा समाज प्रति उत्तरदायी बनाउन आजको पुस्ता अग्रसर हुनु पर्नेमा समेत जोड दिएका हुन् ।
कार्यक्रममा ३९ जना युवा तथा किशोरीहरुको सहभागीगा रहेको थियो भने कार्यक्रममा युवा नेतृत्व कसरि लिने, दिगो विकासको लक्ष्य हासिल गर्न कसरि लाग्ने र समुहले के कसरि काम गर्ने भन्ने विषयमा अभिमुखीकरण दिइएको थियो ।