मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
20.1 C
Kathmandu
29.4 C
Birgunj

यसरी समातियो ५ घण्टा लगाएर चितवनमा नरभक्षी बाघ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,११ असोज । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

- Advertisement -

वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो ।

- Advertisement -

औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उहाँले जानकारी दिनुभयो । कसराको खोरमा बाघलाई राखिएको छ । सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो । थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार