Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

जानकी मन्दिरका प्रागणमा विश्व मुटु दिवस को उपलक्ष्यमा दिप प्रज्वलन

spot_img

जनकपुरधाम, असोज १३ गते

जनकपुर :विश्व मुटु दिवस को उपलक्ष्यमा जानकी मन्दिरमा दिप प्रज्वलन गरियो।जिउनका लागि स्वास्थ्य निकै आवश्यक छ । त्यहि भनाई लाई टेकेर आज जनकपुरधामको जानकि मन्दिरमा सामाजिक संघ संस्थाहरु मिलेर द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएका छन् ।  प्रतिदिन बढ्दै गएको मुटु रोगका कारण थुप्रै मानिसले आफ्नो ज्यान गुमाएको अवस्था छ। यसबारे अल्प ग्यानको कारण हुन सक्ने बारे कार्यक्रमको संयोजक मध्ये एक एम्नेष्टी इन्टरनेशनल महिला ४६ कि जमुना भुजेलले जानकारी गराउनुभयो ।
साथै कार्यक्रममा बिश्व स्वास्थ्य दिवस २०२० लेखि रातो अबिरले ति शब्द निर्माण गरि त्यस माथि दिप प्रज्वलन गरिएको थियो । यस दिपले अग्यान्ता तथा बिनाकारण हृदयघातले ज्यान गुमाएको प्रति श्रद्धा सुमन सुम्पिएको हो भने यस दिपले आम जनतालाई सुसूचित गर्ने विश्वास राखेको बारे युवा अभियान्ता दिवाकर उप्रेतीले जानकारी दिए ।
यस कार्यक्रममा इन्सेक, ओरेक, युथ एड्भोकेसि नेपाल, कायापलट, नेपाल स्काउट धनुषा, लिभिङ विथ इन्भाइरोमेन्ट, महिला मानवअधिकार रक्षक संजाल धनुषा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान धनुषा लगायत एक दर्जन बढि संघ सस्थाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय