शनिबार, मंसिर २०, २०७७

18 C
Kathmandu
26.3 C
Birgunj

बीरगन्जका डा. दिप जो रिक्स लिएरै भएपनि बचाउँछन् महिलाहरुको ज्यान

  • 790
    Shares

सिफारिस

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास !

बीरगन्ज, १९ मंसिर । बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास हुँदा विवाद सृजना भएको छ । बीरगन्जस्थित घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने...

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय सदस्यको स्वागत तथा सम्मान

बीरगन्ज, १९ मंसिर - नेपाल उद्योग वाणिज्य महासंघको गत मंसिर १३ भएको निर्वाचनमा विजयी भएका नवनिर्वाचित दुई केन्द्रिय सदस्यलाई बीरगन्ज उद्योग वाणिज्य संघका कर्मचारीले...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक

जनकपुर,मंसिर १९। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। उनको प्रोफाइल पिक्चरमा युवतीको तस्बिर राखिएको छ। मुख्यमन्त्री राउतको फेसबुक पेज आज बिहान...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२३ असोज -बीरगन्जका बरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा. जगत दिपले चमत्कार गरेका छन् । डा. दिपले मर्ने अवस्थामा पुगेको एक महिला तथा बच्चाको ज्यान जोगाएका छन् । आमा र बच्चाको ज्यान बाँच्ने आशा मारिसकेका परिवारका सदस्यहरुले डा. जगत दिपको मेहनत र कुशलताका कारण आमा र बच्चा दुवैको ज्यान जोगिएको बताए ।

- Advertisement -

रौतहट जिल्ला ईषनाथ नगरपालिकाकी एक महिलालाई समय अगावै प्रसुति व्यथा लागेपछि रौतहटको एक प्राइभेट अस्पतालमा परिवारले तत्कालै भर्ना गरेका थिए । तर महिलाको निकै कम तौल भएको र शरिरमा रगतको समेत कमी भएको भन्दै अस्पतालले बीरगन्ज रिफर गरेका थिए । महिलाको अवस्था निकै नाजुक रहेको तथा बच्चा र आमाको ज्यान बचाउन मुश्किल रहेको भन्दै विभिन्न बहाना देखाएर भर्ना नलिएको महिलाको श्रीमान् अर्जुन साहले बताए ।

- Advertisement -Trulli

दिनभरि विभिन्न अस्पताल चहारेका साहले कसैले भर्ना लिन नमानेपछि बीरगन्जको बिर्तामा रहेको बीरगन्ज ओम हस्पिटलमा निकै अनुनय विनय गरी आफ्नो श्रीमतीलाई भर्ना गराएका थिए ।

महिलाको अवस्था निकै नाजुक रहेको भए पनि अस्पतालका बरिष्ठ चिकित्सक डा. जगत दिपले भर्ना लिएर रिक्स लिए । उनले अवस्था धेरै जटिल रहेको तथा अन्त रिफर गर्ने अवस्था पनि नरहेको देखेपछि तत्कालै आफ्नो टिमलाई हाइअर्लट गरे र अपरेशनको लागि तयारी थाले ।

डा. दिपले महिलाको शल्यक्रिया गरी बच्चा बाहिर निकाले । बच्चाको तौल जम्मा १ किलो ३ सय ग्राम रहेको थियो । आमा र बच्चा अवस्था निकै जटिल मोडमा पुगिसकेको भए पनि डा. दिपको टिमले आमा र बच्चाको ज्यान जोगाउन सफल भए ।
आर्थिक अवस्था पनि निकै कमजोर रहेको परिवारका सदस्यले बुहारीको राम्ररी हेरचाह गर्न तथा खानपिनको व्यवस्था गर्न नसकेको तथा कम उमेरमै विवाह भएको कारण पनि महिला यो अवस्थामा पुगेको डा. दिपले बताए । केही दिनको आइसियुमा भर्ना पश्चात आमा र बच्चा दुवै जनरल वार्डमा सारिएको थियो ।

आमा र बच्चा दुवैको अवस्था समान्य भएपछि शुक्रबार २३ गते उनीहरुलाई डिस्चार्ज गरीएको छ । डिस्चार्जपछि हर्षित हुदैं महिलाको श्रीमान् तथा परिवारका अन्य सदस्यहरुले डा. दिपले हामीलाई ठूलो गुण लगाएको वताउँदै उनकै कारण परिवारमा खुशीयाली छाएको संचाकर्मीहरुलाई बताए । मृत अवस्थामा पुगेको श्रीमतीको डा. दिपले ज्यान बचाएर चमत्कार गरेको महिलाका श्रीमान् साहले बताए ।

केही दिन अघि मात्र डा. दिपले अर्को महिलाको पनि ज्यान बचाएको ओम अस्पताल स्रोतले जनाएको छ ।
हलुका हलुका पेट दुखेपछि उपचार गराउन बीरगन्ज आएकी बाराको सिम्रौनगढ नगरपालिकाकी उसमिल्ला देवीले अल्ट्रासाउण्ड गराउँदा पाठेघरमा मासुको डल्ला जस्तै देखिएको थियो । बीरगन्जकै चिकित्सक चितरंजन साहको सल्लाहमा महिलाको डाक्टर जगत दिपसँग चेकजाँच गरेका थिए । ल्याबका रिपोटहरु तथा अल्ट्रासाउण्ड, सिटि स्कायन, सि ए १२५ लगातको टेष्ट रिपोटहरुको आधारमा दुवै डाक्टरले क्यान्सर हुन सक्ने अनुमान गरे ।

तर चेकजाँचको लागि मासुको डल्लालाई झिकेर क्यान्सर चेकजाँच गराउने डाक्टरहरुले सल्लाह दिएपछि उनलाई ओम हस्पिटलमा भर्ना गरिएको थियो ।

यो केशमा पनि रिक्स लिएका डा. दिपले पाठेघरको अपरेशन गरी क्यान्सर चेकजाँच गराउने तथा क्यान्सर भए भरतपुर रिफर गर्ने निधो गरे । चिकित्सकहरुको राय सल्लाह तथा परिवारको मन्जुरीमा महिलाको पाठेघरको अपरेशन गरिएको अस्पतालले बताएको छ । तर अपरेसनमा मासुको डल्लाको साटो ४ किलोको हाराहारी जेल जस्तो तरल पदार्थ निस्केको अस्पतालका प्रशासक बब्लु चौरसियाले बताए । दुर्लभ किसिमको पर्दाथ पाठेघरबाट निस्केपछि त्यसलाई चेकजाँचको लागि भरतपुर अस्पतालमा पठाइएको डा. दिपले बताए ।


उनले थप रिपोट आए पछि मात्र कुन रोग हो भन्ने यकिन गर्न सकिने र अपरेशन सफल भएको बताउन सक्ने डा. दीपको भनाई त । महिलाको अवस्था हाल समान्य रहेको डा. दिपले बताए ।

उसमिल्ला देवीका छोरा कृष्ण कुमारले आमाको उपचारमा धेरै जटिलता देखिएको भए पनि डा. दिपले सफल उपचार गरेको र हाल आमाको अवस्था निकै राम्रो रहेको बताए । पाठेघरबाट निस्केको जेल जस्तो पदार्थको रिपोटको पखाई रहेको कुमारले बताए ।

अस्पतालले पटक पटक क्रिटिकल केसमा डा. दिपले रिक्स लिने गरेको तथा बिरामीहरुको ज्यान समेत बचाउँदै आएको जनाएको छ ।

- Advertisement -

ताजा समाचार

कोरोना संक्रमणबाट सिराहामा एक पुरुषको मृत्यु

लहान,२० मंसिर । कोरोना सङ्क्रमणबाट सिराहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय...

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा...

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार

काठमाडौँ । महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो।...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

नेकपा सचिवालय बैठक बस्दै, ओली सहभागी होलान् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । गत मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका...

थप समाचार

- Advertisement -