बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
17.1 C
Kathmandu
24.3 C
Birgunj

बाहिरियो मनसुन, यस्तो रहनेछ आज र भोलिको मौसम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १ कार्तिक- नेपालबाट मनसुन पूरै बाहिरिएको छ ।

- Advertisement -

मौसम पूर्वानुमान महाशाखाका अनुसार गत जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन हिजो कात्तिक ३० गतेबाट बाहिरिएको हो ।

शुक्रबार दिउँसो ‘मनसुन बहिर्गमन बुलेटिन’ जारी गरी महाशाखाले असोज ३० गतेदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जानकारी दिएको हो ।

- Advertisement -

‘२०७७ जेठ ३० गतेदेखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही भूभागबाट असोज १५ गते नै बहिर्गमन भइसकेको सर्वविदित नै छ,’ महाशहाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘ मिति २०७७ सा असोज ३० गतेदेखि देशका सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बहिर्गमन भएको बेहोरा अनुरोध छ ।’

मनसुन बाहिरिनु भनेको औपचारिक रूपमा वर्षात् मौसमको अन्त्य हुनु हो । अब भारी वर्षाको सम्भावना रहँदैन ।
महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन भने प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू भागहरूमा सामान्यतया मौसम सफा छ ।

यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान

कार्तिक ०१ गते (शनिबार)

दिउँसो : प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागहरुमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश न १, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०२ गते (आइतबार)

दिउँसो : प्रदेश १, बागमती , गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेशर गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार