मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...

१४ दशमलव ८१ अंकले...

काठमाडौं,०४ वैशाख । नयाँ वर्षको आगमनसँगै ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता...

राजनीतिक दलमा आबद्ध शिक्षकलाई...

काठमाडौँ,०४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा...

मध्यपहाडी लोकमार्गकाे सम्झौता...

गलकोट,०४ वैशाख । मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ खण्ड...
28.1 C
Kathmandu
41.9 C
Birgunj

जानकी मन्दिर प्राङ्गणमा अवस्थित फूलबारीको भत्काइएका पर्खालको निर्माण सुरु

सिफारिस

 

- Advertisement -

 

- Advertisement -

जनकपुरधाम, कार्तिक ४ । जानकी मन्दिर प्राङ्गणमा अवस्थित फूलबारीको भत्काइएका पर्खालको निर्माण कार्य सुरु हुने भएको छ ।

सडक विस्तारको क्रममा निर्माण गरिएको पर्खाल अतिक्रमण भएको भन्दै वडाध्यक्ष र सामाजिक अभियन्ताहरुको नेतृत्वमा भदौ २८ गते भत्काइएको पर्खाल पुरानो ठाउँमै फेरी निर्माण हुन लागेको हो ।

गुठी संस्थान जनकपुरधामको निर्णय अनुसार जानकी मन्दिरको साबिकमा रहेको ठाउँमै पर्खाल निर्माण हुन लागेको गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिएका हुन्।

उनले नापी कार्यालयले बुझाएको प्रतिवेदनको आधारमा नयाँ पर्खाल निर्माण हुने बताए। नापीले बुझाएको प्रतिवेदन नै पर्खाल निर्माणको प्रमुख आधार रहेको प्रमुख रेग्मीले बताए।

जानकी मन्दिरको प्राङ्गणमा अवस्थित जानकी मन्दिरको फूलबारीको सम्बन्धमा नापी कार्यालय धनुषाले दिएको प्रतिवेदन अनुसार फूलबारी जग्गा हिनामिना हुन नपाउने गरि वाल कम्पाउण्ड लगाउन कार्यालयका प्रतिनिधि समेतको सक्रिय सहभागितामा सम्बन्धित स्थानमा गई वाल कम्पाउण्ड लगाउने कार्य सुरु गर्ने भनि असोज ३० गते बसेको भेलाबाट निर्णय भएको थियो।

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकी मन्दिर जनकपुरधामवासी मात्र नभई पूरै नेपालीका लागि आस्थाको केन्द्र रहेकोले पर्खाल निर्माण कार्यमा बिरोध नहुने विश्वास व्यक्त गरे। यस कार्यमा सबै पक्षबाट सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

 

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार