सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलमा पनि कोरोना पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत् सोमबार कोभिड १९ पोजेटिभ पुष्टि भएको जनाएका हुन् ।

- Advertisement -

गत साता दाजुलाई अस्पताल लाने लैजाने गरेको र गत बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई भएको उल्लेख गर्दै उनले आइतबार पिसीआर परीक्षण गराउँदा सोमबार नतिजा पोजेटिभ आएको जनाएका छन् ।

- Advertisement -

उनले दाजु र आफूलाई पोजेटिभ देखिएकाले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा रहेको पनि उल्लेख गरेका छन् ।

‘संक्रमणबाट बँच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ। आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजेटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ,’ उनले भनेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -