बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...
19.1 C
Kathmandu
33.8 C
Birgunj

कोरोना नियन्त्रणमा केन्द्र सरकार सफल भएको प्रभु साहको दावी

सिफारिस

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले कोरोना महामारी नियन्त्रणमा केन्द्र सरकार सफल रहेको दावी गरेका छन् । आज रौतहटको कटहरिया नगरपालिका–७, बगहीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा बोल्दै सांसद साहले केन्द्र सरकार समयमा सतर्कता अपनाएकोले देशमा कोरोना महामारीमाथि नियन्त्रण कायम भएको बताए ।

- Advertisement -

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले छिमेकी मुलुक भारतसहित आसपासका अधिकांश देशमा भयावह स्थिति भएपनि नेपालको तथ्यांक संतोषजनक नै रहेको जिकिर गरे ।
‘अहिले विश्व कोरोना महामारीका कारण आक्रान्त छ । छिमेकी मुलुक भारतमै डरलाग्दो तथ्यांक देख्न सकिन्छ छ । तर नेपालमा अहिलेसम्म स्थिति नियन्त्रणमा छ । केन्द्र सरकारले समयमै सतर्कता अपनाएको कारण जोखिम न्यूनीकरण गर्न सकेका छौँ । केन्द्र सरकारलाई धन्यवाद दिनुपर्छ कि समयमा लकडाउन गरी प्रशासनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको छ’ उनले भने, ‘सिमामा कडाइ गरी अनावश्यक आवतजावत रोक्न तथा अलपत्र नेपालीलाई उद्दार गर्न सरकार सफल रह्यो ।’
‘केन्द्र सरकारले स्थानीय तहलाई आर्थिक सहयोगसहित दिशानिर्देश गरेको छ ।

देशभरी ६१ वटा पिसिआर परीक्षण ल्याब संचालनमा छ जसमध्ये ८ जिल्लाको हाम्रो प्रदेश २ मा मात्र ५ वटा ल्याब छ । यही छिमेकी भारतको विहारमा पनि त्यति धेरै ल्याब छैन । जबकी नेपालको भन्दा ४ गुणा बढी जनसंख्या त्यहाँ छ । हर हिसाबले केन्द्र सरकारले संकटको घडीमा देश र जनताको पक्षमा उभिएको छ’ उनले थपे ।
कोरोनाबाट बच्न अझैपनि सावधानी अपनाएर आफ्नो काम गर्न नागरिकलाई उनले आग्रह गरे ।

- Advertisement -

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहलगायतका नेताहरूको उपस्तिथि रहेको थियो । स्थानीयले आफ्ना जिज्ञासा तथा गुनासो राखेका थिए भने सांसद साहले जवाफ दिएका थिए ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार