मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

प्रथम चरणमा ८ देखि १० सम्मको कक्षा मात्र सुचारु हुने

  • 3.1K
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् ।

- Advertisement -

बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रसँग अनुमति माग्दा सकारात्मक संकेत देखाएपछि भोलिदेखि विद्यालयहरु खुल्ने भएका हुन् । केन्द्रले मौखिक रुपमा अनुमति दिएपनि लिखित रुपमा भोलि मात्र बीरगन्ज महानगरपालिकालाई पत्राचार गर्ने महानगरपालिका स्रोतले बताएको छ ।

- Advertisement -Trulli

लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा अहिले प्रथम चरणमा कक्षा ८, ९ र १० सम्मका कक्षाहरु मात्र सुचारु गर्न भनिएको बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताए । तर, विद्यालय सञ्चालन गर्दा अनलाइनको पहुँच भएकाहरुलाई अनलाइनमै र बाँकीलाई अभिभावकको स्वीकृति पश्चात विद्यालयमा बोलाएर पढाउन निर्देशन दिइएको उनले बताए ।

साथै, विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपले पूरा गर्नुपर्ने समेत निर्देशन दिइएको मेयर सरावगीले जानकारी दिए ।

‘विद्यालय खोल्न भोलिदेखि जिल्ला संकट व्यवस्थापन केन्द्रले अनुमति दिएको छ । अहिले प्रथम चरणमा कक्षा ८ देखि १० सम्मका कक्षाहरु मात्र सञ्चालन गर्नुपर्ने हामीले विद्यालयहरुलाई निर्देशन दिएका छौं,’ मेयर सरावगीले भने, ‘तर, विद्यालय सञ्चालन गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण नियमहरु पालना गर्नुपर्ने हुन्छ । साबुन पानीले हात धुने व्यवस्थापनदेखि मास्क, सेनीटाईजरको समेत व्यवस्था गरी एउटा बेन्चमा बढीमा दुई जना मात्र राखेर विद्यालय सञ्चालन गर्न भनेका छौं ।’

उनले एउटा कक्षामा विद्यार्थी संख्या धेरै भएमा विद्यालयहरुले छुट्टा-छुट्टै सेक्सनको व्यस्थापन गरी आवश्यक परे दुई सिफ्टमा समेत पठनपाठन गराउने निर्देशित गरिएको बताए । अन्य कक्षाको सन्दर्भमा कुनै जोखिम नदेखिए र नबढे क्रमश: कक्षाहरु थप हुँदै जाने मेयर सरावगीले भने ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन बीरगन्ज महानगर कमिटिका अध्यक्ष आलोककुमार चौरसियाले निर्णयलाई स्वागत गर्दै बीरगन्ज महानगरपालिकाको पहल सकारात्मक रहेको बताए । विद्यालय सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै पूर्ण रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर विद्यालय सुचारु गरिने उनले दाबी गरे । चौरसियाले विद्यालयहरुको नियमित अनुगमन समेत गरिने बताए ।

- Advertisement -

ताजा समाचार

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले...

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

थप समाचार

- Advertisement -