मङ्लबार, मंसिर १६, २०७७

16 C
Kathmandu
21.5 C
Birgunj

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

  • 115
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

कृषि विकास बैंक सखुवाप्रसौनी शाखाका प्रमुख कमिसन खानै व्यस्त !

बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन्...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी फरार भएका छन् ।

- Advertisement -

मृतकका भाई महेश चौरसियाले पूर्व सांसद राजकुमार गुप्ता सहित धीरज चौहान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मिया, सञ्जय चौहान, हनिफ मियां देवान, देवा सहनी मलाह र जनार्दन चौहान विरुद्ध जाहेरी दिएका छन् । जाहेरी परेकामध्ये हाल देवा सहनी मलाह र हनिफ मियाँ मात्र प्रहरी नियन्त्रणमा रहेका छन् ।

- Advertisement -Trulli

नेकपा पर्सा जिल्ला सदस्य एवं गाउँपालिका सचिव चौरसिया हत्याको आरोपमा पूर्व सांसद गुप्ता लगायत १२ जना विरुद्ध बिहीबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरीलाई पत्राचार गरेपछि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता पश्चात पक्राउ पर्ने डरले नेकपाका नेता तथा पूर्व सांसद गुप्तासहितका आरोपी फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले मुद्दा दर्ता भएपछि आरोपीहरुको खोजतलाश शुरु गरिएको बताए । उनले भने “मुद्दा दर्ता भएपछि हामीले अनुसन्धान अघि बढाएका छौं, सोधपुछका लागि आरोपीहरुको खोजबिन हुदैंछ, प्रहरी पूर्व सांसदको घरमा पनि पुगेको थियो, उहाँ त्यहाँ भेटिनु भएन ।” “पूर्व सांसद गुप्तालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ, उहाँ कुनै ठाउँमा भए पनि प्रहरीले उहाँलाई खोजेर ल्याउँछ” पर्सा प्रहरी प्रवक्ता कुँवरले बताए ।

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्ता बीरगन्जबाट फारर भएको बताइएको छ । चौरसियाको हत्याको मुख्य योजनाकारको रुपमा जाहेरी दर्ता भएपछि उनी बीरगन्जबाट भूमिगत भएको बुझिएको छ । उनी बीरगन्जबाट बिहीबार नै काठमाडौंतर्फ गएको बुझिएको छ ।
परिवारजनले चौरसियाको हत्या गुप्ताकै योजनामा भएको आरोप लगाएको छ । घटनामा लाठीभाठा हान्ने देवा सहनी र हनिफ मियाँ गुप्ताकै बीरगन्ज श्रीपुरस्थितबाट घरबाट पक्राउ परेको आरोप लगाएका छन् । घटना भएकै दिन उनकोे घरबाट ८ जनालाई प्रहरील पक्राउ गरेको थियो भने पक्राउ परेकाहरुसँगै गुप्ता पनि जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

पक्राउ परेका ८ जनामध्ये २ जनालाई हिरासतमा राखेर अन्यलाई सोही दिन प्रहरीले रिहा गरेको थियो ।
गुप्ताका गुरुपुरोहित रहेका अमरपट्टीका उत्तम तिवारी र चिन्टु तिवारीको सक्रियतामा उक्त हत्या भएपनि गुप्ताकै दबाबमा पर्सा प्रहरीले दुबैजनालाई भगाएको आरोप समेत लगाएका छन् । हत्या घटनामा उनीसहित १२ जना नेता कार्यकर्ता विरुद्ध किटानी जोहरी परेसंगै अहिले पर्सामा गुप्तासहित अन्य कार्यकर्ता पनि फरार भएका छन् ।

घटना पश्चात पिडितले जिल्ला प्रहरीमा जाहेरी दिन खोज्दा प्रत्यक्ष संलग्नको मात्र नाम राखेर जाहेरी दिन भनेपछि जाहेरी दर्ता भएको थिएन । जाहेरी दर्ता नभएपछि पिडित र चौरसिया पक्षका नेकपाका नेता कार्यकर्ताहरुले एक साता लामो आन्दोलन गरेका थिए ।
यस्तै, जिल्ला प्रशासन कार्यालय पर्सामा पनि ज्ञापन पत्र बुझाएर जाहेरी दर्ता गराउन खोज्दा नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सुनुवाई गराएर बिहीबार जोहरी दर्ता भएको हो ।

- Advertisement -

ताजा समाचार

लैंगिक हिंसा अन्त्यको चुनौति

पछिल्लो समय लैंगिक हिंसा विरुद्ध समाजको विभिन्न तहमा थुप्रै गतिविधि भइरहेका छन् । महिला विरुद्ध हुने कुनै पनि किसिमका भेदभाव तथा हिंसा विरुद्धमा लैंगिक...

मेयर सरावगीद्वारा धर्मशालको उद्घाटन र विकास निर्माणका कामको अनुगमन

बीरगन्ज, १६ मंसिर - बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार बीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको धर्मशालाको उदघाटन गरेका...

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले...

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

थप समाचार

- Advertisement -