मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

धानको समर्थन मूल्य कार्यान्वयन

  • 6
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् ।

- Advertisement -

नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारी संस्थाहरुले सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् । सङ्घीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । सरकारले गत जेठ २ गते चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्‍विन्टल २७ सय ३५ र मध्यम धानको प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

- Advertisement -Trulli

साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् । सरकारले लागु गरेको न्यूनतम समर्थन मूल्यको कार्यान्वयन हुन नसकेको अवस्थामा तिलोत्तमा नगरपालिकाले सहजीकरण गरेपछि यहाँका ६ वटा साना किसान कृषि सहकारी संस्थाले किसानको धान खरिद गर्न सहमत भएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापनलगायत विषयमा छलफल गरेपछि सहकारी संस्थाहरु नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्डअनुसारको धान तोकिएका मूल्य र स्थानमा खरिद गर्न तयार भएका हुन् । यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्न थाल्नेछन् ।

किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाणअनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ । कृषि मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित गर्दै सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।

धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी हुँदा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । नगरपालिकाले न्यूनतम समर्थन मूल्यमा धान बिक्री गरेर लाभ उठाउन किसानलाई र व्यापारीलाई समेत सरकारी दर रेटअनुसार खरिद गर्न निर्देशन गरेको छ ।

सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन् । त्यसभन्दा बढी चिस्यान भए किसानलाई तोकिएको मापदण्ड पूरा गर्न वा एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सक्नेछन् । न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुँदा किसानलाई ठूलो लाभ पुग्ने र कृषिमा सहकारीको भूमिका स्थापित हुँदै जाने नगरपालिकाको विश्वास छ ।

कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने सरकारको योजना छ । हाल तिलोत्तमामा टिकुलिगढ, गङ्गोलिया, करहिया, मधवलिया, शङ्‍करनगर, आनन्दवन साना किसान सहकारी संस्था छन् । रासस

- Advertisement -

ताजा समाचार

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले...

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

थप समाचार

- Advertisement -