मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

  • 5
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्न सक्ने तर्क वितरकहरुको छ ।

- Advertisement -

यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति समेत बढेको विज्ञहरुले बताएका छन् । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापन रहित ९क्लिन फिड० नीति लागू भएको एक साता पुगेको छ । तर कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ ।

- Advertisement -Trulli

क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरुले बताएका छन् । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धु्रव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताए । त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेको भन्दा बढ्ने उनको भनाई छ ।

सरकारले आधारभूत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविश्यमा नै बढ्ने अध्यक्ष शर्माले बताए । आधारभूत प्याकेज बाहेकका च्यानलहरुमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुने उनको भनाई छ ।

क्लिन फिड लागू हुनुभन्दा पहिले अधिकांश विदेशी च्यानल डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्दै आएका थिए । तर क्लिन फिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउनेमा वितरकहरुले जोड दिएका हुन् । तर अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि उनीहरुको भनाई छ ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) ले विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड लागू भएपनि नेपाली टेलिभिजनबाट डब विज्ञापन प्रसारण भइरहेकाले चुनौति अझैपनि बाँकी रहेको बताए । नेपाली टेलिभिजन प्रसारकहरुले कुनैपनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन पाउँदैनन् । सरकारले २०७६ कात्तिक ८ गतेदेखि विज्ञापन नीति लागू भएपनि नेपाली टेलिभिजनहरुले डब विज्ञापन बजाइदिँदा चुनौति थपिएको उनको भनाई छ । तर विज्ञापन बोर्डले यसको व्यवस्थापन सहजै गर्ने विश्वास रिजालको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताए । विज्ञापन बोर्डसामु विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कार्ममा लागेका व्यक्तिहरु, उद्योगपति व्यापारीहरु, र उपभोक्ता गरी पाँचवटै पक्षलाई समन्वय गर्नुपर्ने प्रमुख चुनौति रहेको उनको भनाई छ । त्यस्तै समग्र विज्ञापन बजारको अनुगमन गर्नुपर्ने चुनौति पनि रहेको छ । त्यसैले बोर्डमा व्यवसायिक व्यक्तिहरु संलग्न हुनुपर्ने हुमागाईंले बताए ।

सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू गरेपछि क्लिन फिड कार्यान्वयनमा ल्याउनका लागि एक वर्ष अर्थात २०७७ कात्तिक ७ गते सम्मको समय दिइएको थियो । कात्तिक ७ गतेपछि किल्नफिड लागू भएको छ । तर आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानलहरु बन्द छन् ।

- Advertisement -

ताजा समाचार

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले...

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

थप समाचार

- Advertisement -