बिहिबार, मंसिर १८, २०७७

13 C
Kathmandu
19.2 C
Birgunj

आजबाट छठ पर्व विधिवत रुपमा शुरु

  • 87
    Shares

सिफारिस

पिस पोस्टर प्रतियोगितामा मुन लाईट प्रथम, साउथ जोन द्धितीय र तृतीय

बीरगन्ज, १७ मंसिर - लायन्स क्लब अफ बीरगन्जको आयोजनामा बुधबार सम्पन्न पिस पोस्टर प्रतियोगितामा मुन लाईट मावि प्रथम भएको छ भने साउथ जोन मावि...

कृषि विकास बैंक सखुवाप्रसौनी शाखाका प्रमुख कमिसन खानै व्यस्त !

बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन्...

बारामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

बारा,१७ मंसिर । बारामा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । पचरौता नगरपालिका–८ बस्ने प्रेमनारायण चौधरीको १७ वर्षीया छोरी गान्धीकुमारी चौधरीको मृत्यु...

बीरगन्जको अपौनीमा खेलमैदानको निर्माण सम्पन्न, सांसद यादबले गरे उद्घाटन

बीरगञ्ज १७, मंसिर । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबको संसदीय विकास कोषबाट हरपतगञ्जमा खेलुकद मैदानको निर्माण कार्य सम्पन्न भएको...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३ मंसिर – बुधबारदेखि छठ पर्व विधिवत रुपमा शुरु हुँदैछ । छठका लागि किनमेल सुरू भएपनि विगतमा जस्तो यसपटक प्रदेश २ का जलासयहरूमा चहलपहल देखिएको छैन । प्रदेश २ का अधिकांश जिल्ला प्रशासन कार्यालयले आ–आफ्नै घरमा छठ पर्व मनाउन आग्रह गरेका छन् । कतिपय जिल्लामा जलासयमै मनाइए एउटा परिवारबाट ब्रतालुसहित दुई जनासम्म मात्रै जान आग्रह गरिएको छ ।

- Advertisement -

प्रशासन कार्यालयले घरमै पर्व मनाउन आग्रह गरेपनि सार्वजनिक र निजी जलाशयहरूमा घाट निर्माणको काम सुरू भएको देखिन्छ । वीरगञ्जको घडीअर्बा पोखरी, जनकपुरधामको गंगासागरसहितका पोखरी, रौतहटको चन्द्रनिगाहपुरस्थित चाँदी नदीको किनार, गौरस्थित बरहबा तालसहितका जलासय लगायतका नदि तथा पोखरीहरुमा घाट तयार पार्ने काम प्रारम्भ गरिएको छ ।

- Advertisement -Trulli

सप्तरी, महोत्तरी, सर्लाही, बारा र सिराहा जिल्लाका जलासयमा पनि घाट निर्माण गर्न शुरु गरिएको छ । घाट निर्माण गरिएपनि यस पटकको छठ पर्व भने खल्लो रहने स्थानीयवासी बताउँछन् । पर्सा जिल्लामा भने यसपटक पण्डाल लगाउन रोक लगाइएको छ । जलाशयमा बढीमा ब्रतालु र एक जना सहयोगी मात्र जान पर्साका प्रजिअ अस्मान तामाङले आग्रह गर्नुभएको छ ।

प्रजिअहरूले सकेसम्म घरमै बनाउन र जलासयमै जाने भए भीडभाड नगर्न आग्रह गरेको छ । जलासयमा जानेहरूलाई पानीमा नडुबिकन छठ मनाउन समेत भट्टराईले आग्रह गरे । बाराका प्रजिअ दीपकराज नेपालले सुरक्षा समितिको बैठक बसेर भिडभाड नगरीदिन आग्रह गरिएको बताउँछन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई छठ पर्व घरमै मनाउन आग्रह गरिएको बताउँछन् ।

बुधबार नुहाएर खाने विधिबाट सुरु हुने छठ बिहीबार खरना विधि, शुक्रबार साँझको अर्घ र शनिबार बिहानको अर्घ दिएपछि सम्पन्न हुन्छ ।

- Advertisement -

ताजा समाचार

नारायणी अस्पताल परिसरमा चोरको बिगबिगी !

बीरगन्ज, १८ मंसिर । बीरगन्जस्थित नारायणी अस्पतालमा चोरको बिगबिगी बढेको छ । दिनै पिच्छे चोरीका घटना हुन थालेपछि नारायणी अस्पताल परिसर असुरक्षित बन्दै गएको...

ठोरीमा नेपाली काँग्रेसको बनभोज तथा पार्टी प्रवेश कार्यक्रम

बीरगन्ज, १८ मंसीर । ठोरी गाउँपालिका वडा नं २ को पिकनिक स्पोर्ट्स रानीबनमा नेपाली काँग्रेस ठोरीले बनभोज कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ।ठोरी...

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामुलक ¥यालि

बीरगन्ज, १८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बीरगन्जमा र्याली निकालिएको छ । बीरगन्ज महानगरपालिका वडा नं २ छपकैयाबाट लैङ्गिक हिंसा...

बीरगन्जमा राजावादीहरुको ¥यालि

बीरगन्ज, १८ मंसिर । बीरगन्जमा बिहीबार राजावादीहरुले प्रदर्शन गरेका छन् । राजा आऊँ, देश बचाऊँ भन्दै पर्सा र बाराका राजावादी संघ संस्थाहरुले बीरगन्ज महानगरपालिकाको...

थप समाचार

- Advertisement -