बिहिबार, मंसिर १८, २०७७

13 C
Kathmandu
19.2 C
Birgunj

प्रदेश २ सरकारको कार्य मुल्याकंन सन्तोषजनक रहेको मन्त्री सोनलको दाबी

  • 70
    Shares

सिफारिस

पिस पोस्टर प्रतियोगितामा मुन लाईट प्रथम, साउथ जोन द्धितीय र तृतीय

बीरगन्ज, १७ मंसिर - लायन्स क्लब अफ बीरगन्जको आयोजनामा बुधबार सम्पन्न पिस पोस्टर प्रतियोगितामा मुन लाईट मावि प्रथम भएको छ भने साउथ जोन मावि...

कृषि विकास बैंक सखुवाप्रसौनी शाखाका प्रमुख कमिसन खानै व्यस्त !

बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन्...

बारामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

बारा,१७ मंसिर । बारामा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । पचरौता नगरपालिका–८ बस्ने प्रेमनारायण चौधरीको १७ वर्षीया छोरी गान्धीकुमारी चौधरीको मृत्यु...

बीरगन्जको अपौनीमा खेलमैदानको निर्माण सम्पन्न, सांसद यादबले गरे उद्घाटन

बीरगञ्ज १७, मंसिर । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबको संसदीय विकास कोषबाट हरपतगञ्जमा खेलुकद मैदानको निर्माण कार्य सम्पन्न भएको...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ४ मंसिर – प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले हालसम्म गरेको कार्यको मुल्याकंन सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्री सोनलले संघीयतामा सर्वाधिक आशा गरिएको प्रदेश सरकारलाई सर्वाधिक कमजोर बनाइएको आरोप लगाए । संघीय सरकारले विभिन्न कानुन निर्माण गर्दै संविधानले प्रदत्त गरेको अधिकार समेत कटौती गरेर प्रदेश सरकारलाई कमजोर बनाएको उनको आरोप छ ।

- Advertisement -

यसअघिको राज्य व्यवस्थामा पनि संघीय र स्थानीय सरकार रहेकै थिए भन्दै मन्त्री सोनलले संघीयतामा भने समस्या समाधानको प्रस्थान विन्दु प्रदेश सरकार हुने आशा गरिए पनि विभिन्न हस्तक्षेप र अधिकार कटौती गरेर कमजोर पारिएका कारण त्यसो हुन नसकेको उनको ठम्याई छ ।

- Advertisement -Trulli

हाम्रो अभियान पर्साले बीरगन्जस्थित होटल कुमु प्यालेसमा संघीयतामा प्रदेश सरकारको भुमिका र प्रदेश सरकारले हालसम्म गरेको काम विषयक तन्नेरीसँग मन्त्रीज्यु नामक एक कार्यक्रममा बोल्दै यस्तो उनले बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री सोनलले सरकारहरुबीच समन्वय अभाव र अधिकार क्षेत्रमा गरिने अनावश्यक हस्तक्षेपले गर्दा अपेक्षाकृत रुपमा काम गर्न नसकेको अनुभव कार्यक्रममा मन्त्री सोनलले सुनाए । संघीयता संस्थागत गर्नका लागि गर्नुपर्ने मुख्य कानुन निर्माणकोे काम प्रदेश सरकारले गरेको मन्त्री सोनलको भनाई छ ।

प्रदेश सरकारले हालसम्म संघीयता प्राप्तिका लागि प्राणको आहुति दिएर शहादत्त प्राप्त गरेका शहिद र घाइतेको सम्मान र व्यवस्थापन, भौतिक संरचना र सामाजिक विकासका लागि विभिन्न निर्णयहरु गर्दै कार्यन्वयन गरेको मन्त्री सोनलले बताए । बाँकी रहेको समयमा पनि प्रदेश सरकारका विभिन्न योजनाहरु मुर्तरुप लिने क्रममा रहेको र अझै थप काम गर्दै जाने उनले आश्वस्त पारे । कार्यक्रमको विषयमा आफ्नो धारण राखे पश्चात मन्त्री सोनलले तन्नरीहरुले गरेको विभिन्न सवालहरुको पनि जवाफ दिएका थिए ।

हाम्रो अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे, बीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, व्यवस्थित बीरगन्जका संयोजक दिलीप राज कार्की, जसपाका युवा नेता ओम प्रकाश सर्राफ, राकेश यादव, श्याम सर्राफ लगायत विभिन्न क्षेत्रका तन्नेरीहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -

ताजा समाचार

नारायणी अस्पताल परिसरमा चोरको बिगबिगी !

बीरगन्ज, १८ मंसिर । बीरगन्जस्थित नारायणी अस्पतालमा चोरको बिगबिगी बढेको छ । दिनै पिच्छे चोरीका घटना हुन थालेपछि नारायणी अस्पताल परिसर असुरक्षित बन्दै गएको...

ठोरीमा नेपाली काँग्रेसको बनभोज तथा पार्टी प्रवेश कार्यक्रम

बीरगन्ज, १८ मंसीर । ठोरी गाउँपालिका वडा नं २ को पिकनिक स्पोर्ट्स रानीबनमा नेपाली काँग्रेस ठोरीले बनभोज कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ।ठोरी...

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामुलक ¥यालि

बीरगन्ज, १८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बीरगन्जमा र्याली निकालिएको छ । बीरगन्ज महानगरपालिका वडा नं २ छपकैयाबाट लैङ्गिक हिंसा...

बीरगन्जमा राजावादीहरुको ¥यालि

बीरगन्ज, १८ मंसिर । बीरगन्जमा बिहीबार राजावादीहरुले प्रदर्शन गरेका छन् । राजा आऊँ, देश बचाऊँ भन्दै पर्सा र बाराका राजावादी संघ संस्थाहरुले बीरगन्ज महानगरपालिकाको...

थप समाचार

- Advertisement -