शनिबार, मंसिर २०, २०७७

18 C
Kathmandu
26.3 C
Birgunj

कोरोनाको उपचारमा रेमडेसिभिरको प्रयोग नगर्न डब्ल्यूएचओको सुझाव

  • 5
    Shares

सिफारिस

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास !

बीरगन्ज, १९ मंसिर । बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास हुँदा विवाद सृजना भएको छ । बीरगन्जस्थित घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने...

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय सदस्यको स्वागत तथा सम्मान

बीरगन्ज, १९ मंसिर - नेपाल उद्योग वाणिज्य महासंघको गत मंसिर १३ भएको निर्वाचनमा विजयी भएका नवनिर्वाचित दुई केन्द्रिय सदस्यलाई बीरगन्ज उद्योग वाणिज्य संघका कर्मचारीले...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक

जनकपुर,मंसिर १९। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। उनको प्रोफाइल पिक्चरमा युवतीको तस्बिर राखिएको छ। मुख्यमन्त्री राउतको फेसबुक पेज आज बिहान...

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उपचारमा एन्टिभाइरस औषधि रेमडेसिभिरको प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुझाव दिएको छ । डब्ल्यूएचओको एक्सपर्ट प्यानलले यो औषधिले संक्रमितको अवस्थामा सुधार भएको कुनै प्रमाण नभेटिएकाले गम्भीर बिरामीमा पनि यो औषधि प्रयोग नगर्न सुझाव दिएको हो ।

- Advertisement -

डब्ल्यूएचओको गाइडलाइन डेभलपमेन्ट ग्रुपका अनुसार चारओटा अन्तर्राष्ट्रिय परीक्षणमा सहभागी सात हजार मानिसमा गरिएको परीक्षणमा रेमडेसिभिरको प्रयोगले संक्रमितको उपचारमा सहयोग नपुगेको पाइएको हो । डब्ल्यूएचओले सार्वजनिक गरेको विज्ञप्तिमा रेमडेसिभिरको प्रयोगको असर मृत्युदर, बिरामीको अवस्था र क्लिनिकल सुधारमासमेत अर्थपूर्ण प्रभाव नदेखिएको उल्लेख छ । यसअघि गत अक्टोबरमा डब्ल्यूएचओले रेमडेसिभिरको प्रयोगले संक्रमित निको हुने समयमा खासै केही फरक नपाइएको बताएको थियो ।

- Advertisement -Trulli

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसेनले गत मे १ मा यो औषधिलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अन्य केही मुलुकहरुमा पनि यो औषधिलाई नियामकहरुले अनुमति दिएका छन् । डब्ल्यूएचओको एक्सपर्ट प्यानलले समग्रमा रेमडेसिभिर कुनै फाइदा नभएको भन्ने प्रमाणित नभएको बताएको छ । -स्रोत : अलजाजिरा

- Advertisement -

ताजा समाचार

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा...

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार

काठमाडौँ । महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो।...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

नेकपा सचिवालय बैठक बस्दै, ओली सहभागी होलान् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । गत मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका...

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

बीरगन्ज, २० मंसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबारको मौसम...

थप समाचार

- Advertisement -