बिहिबार, मंसिर १८, २०७७

13 C
Kathmandu
19.2 C
Birgunj

शान्ति प्रक्रियाको काम पूरा गर्न अपिल

  • 2
    Shares

सिफारिस

पिस पोस्टर प्रतियोगितामा मुन लाईट प्रथम, साउथ जोन द्धितीय र तृतीय

बीरगन्ज, १७ मंसिर - लायन्स क्लब अफ बीरगन्जको आयोजनामा बुधबार सम्पन्न पिस पोस्टर प्रतियोगितामा मुन लाईट मावि प्रथम भएको छ भने साउथ जोन मावि...

कृषि विकास बैंक सखुवाप्रसौनी शाखाका प्रमुख कमिसन खानै व्यस्त !

बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन्...

बारामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

बारा,१७ मंसिर । बारामा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । पचरौता नगरपालिका–८ बस्ने प्रेमनारायण चौधरीको १७ वर्षीया छोरी गान्धीकुमारी चौधरीको मृत्यु...

बीरगन्जको अपौनीमा खेलमैदानको निर्माण सम्पन्न, सांसद यादबले गरे उद्घाटन

बीरगञ्ज १७, मंसिर । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबको संसदीय विकास कोषबाट हरपतगञ्जमा खेलुकद मैदानको निर्माण कार्य सम्पन्न भएको...

काठमाडौं । जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायका आधारभूत सिद्धान्तलाई आत्मसात् गरी पीडितलाई केन्द्रमा राखेर विश्वसनीय बनाई शान्ति प्रक्रियाको काम पूरा गर्न अपिल गरेको छ ।

- Advertisement -

समितिका संयोजक चरण प्रसाईँले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पीडितलाई न्याय दिने विषयमा पारदर्शी तरिकाले दुवै आयोगले काम गरी अधुरो रहेको शान्ति प्रक्रियालाई पूरा गर्न सरकारसँग अपिल गरिएको छ ।

- Advertisement -Trulli

सत्य र न्यायका लागि लामो समयदेखि संघर्षरत द्वन्द्वपीडित र परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्दै विज्ञप्तिमा ‘सङ्क्रमणकालीन न्याय’ स्थापित मूल्यमान्यत बमोजिम सम्बोधन नभई मुलुकको शान्ति प्रक्रिया पूरा नहुने भएकाले द्वन्द्वपीडितका आधारभूत अधिकारसँग प्रत्यक्ष सम्बन्ध रहेको सङ्क्रमणकालीन न्याय स्थायी शान्तिका लागि अपरिहार्य पूर्वशर्त भएको उल्लेख छ ।

नेपाली जनता तथा संयुक्त राष्ट्र संघलाई साक्षी राखेर १४ वर्षअघि भएको विस्तृत शान्ति सम्झौता तथा नेपालले मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय जगतमा जनाएका प्रतिबद्धता र सर्वोच्च अदालतले दिएको आदेशअनुसार ऐन संशोधनसमेत गर्न आग्रह गरिएको छ । रासस

- Advertisement -

ताजा समाचार

नारायणी अस्पताल परिसरमा चोरको बिगबिगी !

बीरगन्ज, १८ मंसिर । बीरगन्जस्थित नारायणी अस्पतालमा चोरको बिगबिगी बढेको छ । दिनै पिच्छे चोरीका घटना हुन थालेपछि नारायणी अस्पताल परिसर असुरक्षित बन्दै गएको...

ठोरीमा नेपाली काँग्रेसको बनभोज तथा पार्टी प्रवेश कार्यक्रम

बीरगन्ज, १८ मंसीर । ठोरी गाउँपालिका वडा नं २ को पिकनिक स्पोर्ट्स रानीबनमा नेपाली काँग्रेस ठोरीले बनभोज कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ।ठोरी...

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामुलक ¥यालि

बीरगन्ज, १८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बीरगन्जमा र्याली निकालिएको छ । बीरगन्ज महानगरपालिका वडा नं २ छपकैयाबाट लैङ्गिक हिंसा...

बीरगन्जमा राजावादीहरुको ¥यालि

बीरगन्ज, १८ मंसिर । बीरगन्जमा बिहीबार राजावादीहरुले प्रदर्शन गरेका छन् । राजा आऊँ, देश बचाऊँ भन्दै पर्सा र बाराका राजावादी संघ संस्थाहरुले बीरगन्ज महानगरपालिकाको...

थप समाचार

- Advertisement -