शनिबार, मंसिर २०, २०७७

18 C
Kathmandu
26.3 C
Birgunj

स्वास्थ्यमन्त्री ढकाल भन्छन् : अबको चार महिनामा १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुनसक्छ !

  • 7
    Shares

सिफारिस

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास !

बीरगन्ज, १९ मंसिर । बीरगन्जमा मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पास हुँदा विवाद सृजना भएको छ । बीरगन्जस्थित घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने...

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय सदस्यको स्वागत तथा सम्मान

बीरगन्ज, १९ मंसिर - नेपाल उद्योग वाणिज्य महासंघको गत मंसिर १३ भएको निर्वाचनमा विजयी भएका नवनिर्वाचित दुई केन्द्रिय सदस्यलाई बीरगन्ज उद्योग वाणिज्य संघका कर्मचारीले...

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुकपेज ह्याक

जनकपुर,मंसिर १९। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ। उनको प्रोफाइल पिक्चरमा युवतीको तस्बिर राखिएको छ। मुख्यमन्त्री राउतको फेसबुक पेज आज बिहान...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा १ लाख ४८ हजार जनामा कोरोना संक्रमण पुष्टि हुनसक्ने बताएका छन।

- Advertisement -

शनिबार कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको चार महिनामा सो संख्यामा संक्रमण हुनसक्ने अनुमान सरकारले गरेको बताए ।

- Advertisement -Trulli

सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको उनले बताए।

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरुको यथार्थभित्र रहेर अधिकतम् काम गरिराखेको मन्त्री ढकालले दावी गरे। सामथ्र्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उनको भनाई छ।

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए।
कुल सक्रिय संक्रमितहरु मध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताए। सरकारले अस्पतालहरुमा अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको उनको भनाइ छ।

यस्तै विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस भन्ने तर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताए।

- Advertisement -

ताजा समाचार

कोरोना संक्रमणबाट सिराहामा एक पुरुषको मृत्यु

लहान,२० मंसिर । कोरोना सङ्क्रमणबाट सिराहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय...

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा...

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार

काठमाडौँ । महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो।...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

नेकपा सचिवालय बैठक बस्दै, ओली सहभागी होलान् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । गत मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका...

थप समाचार

- Advertisement -