शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...

राेट्याक्ट क्लब बीरगन्जद्वारा कलैया...

बीरगन्ज,१६ चैत । राेट्याक्ट क्लब अफ बीरगन्ज मेट्राेपाेलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरणका...

विशेष अदालतले थाल्यो अनलाइनबाटै...

काठमाडौं,१६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।...
23.1 C
Kathmandu
34.8 C
Birgunj

बारा र रौतहटमा सवारी दुर्घटना हुँदा २ प्रहरी जवानको ज्यान गयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, मंसिर ७। बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साह रहेका छन् ।

- Advertisement -

महागढीमाई नगरपालिका–८ जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको घटनटस्थलमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले सञ्जय प्रसाद यादवलाई घाइते अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

- Advertisement -

यसैविच रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परोहा नगरपालिका(६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रहरीले जनाएको छ ।

प्रहरी हवल्दार उनी काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत रहेका थिए । जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका(९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको उनी आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार