बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन् । बैंकका शाखा प्रमुख कमिसन उसुल्नमै व्यस्त सेवाग्राही मर्कामा परेका हुन् । नेपाल सरकारको स्वामित्वमा रहेको कृषि विकास बैंकले गरिब तथा किसानहरुको कल्याणका लागि स्थापना गरेको भएपनि सखुवाप्रसौनी गाउँपालिकामा रहेको बैंकको शाखा प्रबन्धकको रवैयाका कारण कृषि विकास बैंक छवीमै कुठाराघात पुगेको स्थानिय सेवाग्राहीहरुको भनाई छ ।
कृषि कर्जा, व्यापार कर्जा तथा घरायसी कर्जा बैंकले बिना कमिसनको कुनै पनि सेवाग्राहीलाई नदिने गरेको स्थानिय सेवाग्राहीहरुको आरोप छ । विना कमिसन कर्जा नै उपलब्ध नहुने अवस्था शाखा प्रमुख रामविलास पेटलले सृजना गरेपछि स्थानियहरु बाध्य भएर कमिसन दिने गरेको एक जना स्थानिय सेवा ग्राही साहबुजान राउत गद्दीले बताए । उनले कृषि विकास बैंक सखुवा प्रसौनी शाखामा बिना कमिसन कुनै पनि काम नहुने गरेको जानकारी गराए ।


बैंकका शाखा प्रमुख पटेलले आमसर्वसाधारण सेवाग्राहीलाई कमिसन दिन बाध्य पार्ने तथा कमिसन नदिए काम नगर्ने गरे पछि उनको रवैयाका कारण सो भेगका जनता नै आजित बनेका छन् । शाखा प्रमुख पटेलले ऋण प्रवाह गरे बापत कुल रकमको ५ देखि १० प्रतिशत सम्मको कमिसन खाने गरेको स्थानिय पिडारी गुठीका एक जना सेवाग्राही सुवाती राउतले बताए । उनले कमिसन बापतको रकम शाखा प्रमुख पटेलले बुझे पछि मात्र चेक बन्ने गरेको गुनासो गरे ।
सबै प्रक्रिया पुरा भएपनि कमिसन प्राप्त नहुँदा सम्म अभावमा शाखा प्रमुख पटेलले काम गर्न नदिने गरेको खबर छ ।
“जबसम्म कमिसन बापतको रकम पुग्दैन्, तबसम्म मैनेजर सा’ब चेक नै बन्न दिन्नन्” एक सेवाग्राहीले भने,“बैंकमा न्युन कर्मचारी भएको फाईदा उठाउँदै प्रमुख पटेलले जनतासँग कमिसनको बार्गेनिङ्ग गरी मात्र कर्जा सदर गर्छन्।”
कृषि बैंकले नेपाल सरकारको निति अनुसार किसानहरुको जीवनस्तरमा सुधार, कृषि उत्पादनमा वृद्धि तथा कृषि आधुनिकिकरणको लागि किसानलाई कर्जा उपलब्ध गराउने निति दिएको भएपनि शाखा प्रमुख पटेलले सरकारी नितिको धज्जी उडाएका छन् ।
कार्यालयमै हुन्छ मदिरापान
बैंकको सखुवाप्रसौनी शाखा प्रमुख पटेलले सेवाग्राहीसँग कमिसन मात्र नभई कार्यालयमै जाड, रक्सीलगायतका मादक पर्दाथ सेवन गर्ने गरेको स्रोतले बताएको छ । यतिमात्र नभई सेवाग्राहीको काम गराएबापत उनी सेवाग्राहीको घरमै मासुभात सेवन गर्न समेत पुग्ने गरेको खबर छ । स्थानिय सेवाग्राहीहरुका अनुसार बैंक परिसरमा रहेका सिसिटिभी क्यामेराका फुटेज जाँच गर्ने हो भने कार्यालय परिसरमै भएको मदिरापानको प्रमाण भेटिन्छ ।
नेपाल सरकारको प्रमुख स्वामित्वमा रहेर सर्वसाधारणको सेवाका लागि स्थापना भएको संस्थाका प्रमुख नै भ्रष्टाचारमा लिप्त भएपछि स्थानिय सेवाग्राहीहरुले शाखा प्रमुख परिवर्तनको माग गर्न थालेका छन् । पैसा दिए दुई नम्बरी जग्गा पनि एक जम्बर बनाईदिने गरेको तथा बाँझो खेत पनि हरियो हुने गरेको स्थानियहरुले गुनासो गरेका छन् । कृषि विकास बैंक सखुवा प्रसौनी गाउँपालिका शाखामा हुने गरेको अनियमितताको छानबिन हुनुपर्ने तथा दोषी कर्मचारीहरुलाई कारवाही गर्नुपर्ने आवाजहरु सो क्षेत्रमा उठन थालेका छन् । बैंकको नियमन गर्ने ईकाई भन्ने मौन बसेका छन् ।
यस बिषयमा कृषि विकास बैंक का उपमहाप्रबन्धक प्रताप सुवेदीसँग सोध्दा आफुलाई सो बारेमा जानकारी प्राप्त नभएको बताउँदै नियम विपरितको आचरण प्रस्तुत गरेको प्रमाणित भएमा कारवाही गर्ने बताए । पर्साको सखुवा प्रसौनी शाखा कार्यालयमा हुने गरेको अनियमितता बारे अनुसन्धान गरिने तथा दोषी देखिएका जो कोही उपर कारवाही प्रक्रिया अगाडी बढाइने उपमहाप्रबन्धक सुवेदीको भनाई छ ।
प्रबन्धकले चाहेर केहि हुन्न फाँटकाे कर्मचारी ईमान्दार भए तर फाँटकाे कर्मचारी नै पैसा नखाई काम नगर्ने भए पछि कृषक हरूलाई दु:ख हुने नै भयाे । कृषि विकास बैंक लि.ले त्यत्राे सुविधा दिएकाे छ तर यस्ताे भ्रष्टाचारी गदाहाहरू लाई जनताले नै तह लगाउनु पर्ने हाे ।