बीरगन्ज, १३ मंसिर । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा न. २ मा रहेको जगदम्बा स्टिलको फलमा गलाउने भट्टी पड्किदा ४ जना मजदुर घाइते भएका छन् ।
शनिबार बिहान पौने एक बजे कारखानामा फलाम गलाउने भटि अचानक पडिकदा त्यहा कार्यरत ४ जना मजदुर घाइते भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
भट्ठीमा काम गर्ने भारत मोतिहारी जिल्ला बस्ने २६ वर्षिय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्लाका ४८ बर्षीय जनक देब यादब, सर्लाहीको सकरौल गाउपालिका ६ बस्ने ४० बर्षका बिकिन्द्र यादब र बरहथवा नगरपालिका ५ बस्ने २८ बर्षका मुकेश साह घाइते भएको मिश्रले बताउनुभयो ।
घाइते भएका मध्ये बिकिन्द्रको अवस्था गम्भीर रहेको तथा उनको नेसनल मेडिकल कलेज बिरगंजमा उपचार भइरहेको छ । अन्य घाइते हरुको अवस्था समान्य रहेको तथा उनीहरुको वीरगन्जकै विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।