शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
25.1 C
Kathmandu
34.8 C
Birgunj

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बीरगन्ज दुई उद्योगी केन्द्रीय सदस्यमा निर्वाचित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज१४ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको सम्पन्न भएको निर्वाचनमा बीरगन्जका दुई व्यवसायी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम अनुसार बीरगन्ज उद्योग वाणिज्य संघका बर्तमानअध्यक्ष गोपाल केडिया तथा वरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

- Advertisement -

केडिया महासंघको जिल्ला नगरतर्फको कार्यकारिणी समितिको सदस्यमा निर्वाचित भएका छन् भने गुप्ता बस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

बीरगन्जलाई प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रेका केडिया र गुप्ता छुट्टाछुट्टै समुहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । किशोर प्रधान समूहबाट जिल्ला नगरतर्फको कार्यकारिणी समितिको सदस्यमा निर्वाचन लडेका गोपाल केडियाले ५५ मत ल्याएका थिए ।

- Advertisement -

त्यसैगरी चन्द्र ढकाल समूहबाट बस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचन लडेका गुप्ताले पनि ५५ मत ल्याएका छन् । बस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित गुप्ता नेपाल चामल, दाल, तेल उद्योग संघका राष्ट्रिय अध्यक्ष समेत हुन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार